Hindi Films

उच्च रक्तचापलाई नियन्त्रण गर्ने केहि महत्वपूर्ण घरेलु उपायहरु...

Unknown | 17:52 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अनियमित दिनचर्या र आधुनिक जीवन शैलीका कारण आजभोली अधिकांश मानिस उच्च रक्तचापको समस्याबाट पिडित भएको पाईन्छ । विशेष गरि सहरिया जीवन शैली अपनाउने मानिसहरुमा उच्च रक्तचापको समस्या बढी हुने गर्छ । तर, रक्तचापको समस्या भएका बिरामीहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिन सके अत्तिहाल्नुपर्ने अवस्था पनि हुँदैन । रक्तचापलाई नियन्त्रण गर्नका लागि केही महत्वपूर्ण घरेलु उपायहरु प्रयोग गर्न सकिन्छ । जुन यस प्रकार छन् । नुनको प्रयोग निकै कमः नुनको अत्यधिक सेवनले रक्तचामको समस्या भएका बिरामीलाई नोक्सानी पुर्याउँछ । त्यसैले यस्ता रोगीले नुनको प्रयोगलाई निकै कम गर्नुपर्छ । लसुनको सेवनः उच्च रक्तचापको प्रमुख कारण हाम्रो शरीरमा भएको रगत बाक्लो हुनु र रक्तसञ्चार विस्तारै हुनु हो । यसले धमनीहरु र शिराहरुमा दबाब बढ्छ । तर लसुनको सेवनले रक्तसञ्चारलाई नियमित बनाउँछ र बाक्लो रगतलाई सामान्य अवस्थामा ल्याएर उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ । प्याजको सेवनः प्याजको नियमित सेवनले हाम्रो रतगतलाई स्वस्थ बनाउँछ । जसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । रक्तचाप उच्च भएको बेला तत्काल नियन्त्रणका लाग प्याज खाँदा फाइदा हुन्छ । प्याजमा पाईने क्योरसेटिन नामको तत्वले मुटुरोग लाग्नबाट समेत बचाउँछ भने यसले कोलेस्ट्रोल नियन्त्रणमा समेत सहयोग पुर्याउँछ । अदुवाको प्रयोगः उच्च रक्तचापका विरामीका लागि अदुवाको प्रयोग पनि निकै उपयोगी हुन्छ । अदुवामा पाईने एन्टीअक्सीडेन्ट नामक तत्वले कोलेस्ट्रोल नियन्त्रण गर्दै रक्तचापलाई सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ । साथै यसको सेवनले रक्तसञ्चारलाई नियमित बनाउनमा पनि सहयोग गर्छ । कागतीको रसः कागतीको रस नियमित प्रयोग गर्नाले रक्त नलिहरु मुलायम र लचकदार हुन्छन् । जसले गर्दा रक्तचापलाई सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ । एक चम्चा मह, अदुवा र कागतीको रसलाई मनतातो पानीमा मिसाएर सातामा दुई तीन पटकसम्म सेवन गर्नाले रक्तचापलाई नियन्त्रण गर्न निकै ठूलो सहयोग पुग्छ । उच्च अवस्थामा रहेको रक्तचापलाई तत्काल नियन्त्रण गर्नका लागि आधा गिलास पानीमा आधा कागती निचोरेर दुई, दुई घण्टामा सेवन गर्नाले फाइदा हुन्छ । तिलको सेवनः तिलको सेवन गर्नाले रक्तचाप सामान्य हुन्छ । तिलको सेवनले रक्तचापमा अन्य औषधिले भन्दा बढी फाईदा पुर्याउँछ । रक्तचाप बढेको बेलामा तिल खानु फाइदाजनक हुन्छ । उच्च रक्तचापलाई नियन्त्रण गर्नका लागि दैनिक एक चम्चा अमलाको रस र एक चम्चा मह मिसाएर बिहान बेलुका खानाले फाईदा हुन्छ । साथै पाचवटा तुलसीका पात दुई वटा नीमका पातलाई पिसेर २० ग्राम पानीमा मिसाएर बिहान बिहान १५ दिनसम्म सेवन गर्नाले पनि रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: , ,

0 comments