Hindi Films

उपत्यकाका १९ स्थानमा मानिसहरु अझै पुरिएकै अवस्थामा, उद्धार हुन सकेन

Unknown | 05:24 | 0 comments



काठमाडौं- काठमाडौं उपत्यकाको १९ ठाउँमा अझै मान्छे पुरिएको अवस्थामा छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार उपत्यकाका विभिन्न १९ ठाउँमा मानिसहरु अझै पुरिएको अवस्थामा रहेको र उद्धार सकेको छैन ।


राजधानीको कपनस्थित सात तल्ले भवन, ठमेलको बजेट होटल, ठमेलकै टेउडा, बालाजु-नेपालटार पुल, सुन्दारीजलस्थित बिसिजी होटल, गोगंबु गणेशथान क्षेत्र, सीतापाइला क्षेत्र, महाराजगञ्जस्थित ग्रिन्ल्यान्ड होटल, बालाजुस्थित नेबिल बैंक, डल्लु क्षेत्र, भोटाहिटी, असन, इन्द्रचोक क्षेत्र, काष्ठमण्डप, हरिसिद्धी, बालुवाटारस्थित करदाता सेवा कार्यालय, धोबीघाटस्थित ठाडो ढुंगा, बसुन्धारास्थित श्री होटल, धापासीस्थित नमूना होटल, बालाजु(नेपालटार सडक, शोभा भगवति क्षेत्रमा अझै मान्छे पुरिएको अवस्थामा रहेको सेनाले जनाएको छ ।

त पुरिएको स्थानमा मानिसहरुले बचउँ भनिरहेको सेनाले बतायो । त्यसस्थानमा उद्धार हुन नसकेपनि नेपाली सेनाका जवानहरु तैनाथ छन् । सेनाले स्थानीयले दिएको सूचनाका आधारमा सो स्थानमा पुगेको थियो ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments