Hindi Films

यसरि हुदै छ,ज्ञानेन्द्र र पारसबीच डरलाग्दो युद्ध, दरबारिया भित्रै छन् उचाल्ने पछार्ने

Unknown | 01:35 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । लगभग तीनवर्ष विदेश बसेर फर्किएका पूर्वयुवराज पारस शाहका कारण यतीबेला दरबारमा नयाँ विवाद सिर्जना भएको छ । बिहीबार थाइ एयरबाट काठमाडौं ओर्लिएका पारसलाई लिन जाने की नजाने भन्ने विषयमा दरबारभित्र डुलै लफडा भएको थियो । अन्ततः पूर्वराजा ज्ञानेन्द्रले पारसलाई लिन नजान परिवारका सवै सदस्यहरुलाई उर्दी जारी गरे । त्यती मात्र हैन आफ्नै घरको ढोका पनि बन्द भयो पारसका लागि ।
विदेशमा विभिन्न हण्डर खाएर घर फर्किएका पारस आफ्नै आलिसान महलभन्दा केही परको कुण्डलिनी नामक गेष्ट हाउसमा बस्न पुगे । पारसका कारण आफ्नो बदनामी भएको ज्ञानेन्द्रको अनुभव र बाबुकै कारण राजसंस्था अन्त्य भएको पारको बुझाइका बारण दरबारभित्र निकै ठूलो शितयुद्ध चलिरहेको विश्लेषकहरुको दाबी छ । खास गरी पछिल्लो समय हिन्दु राज्य र संवैधानिक राजतन्त्रका लागि भन्दै चल्दै आएका गतिविधिमा प्रत्यक्ष संलग्न हुनुपर्ने पारसको चाहना र त्यसो गर्दा झनै स्थिति विग्रने ज्ञानेन्द्रको बुझाइका कारण पनि अहिले बाबु छोराकाबीच द्वन्द्व चर्किएको हो । विदेशमा बसेर आफ्नो र देशकै बेइज्यत गरेको भन्दै ज्ञानेन्द्रले पारसलाई बेला बेलामा गाली गर्ने गरेका थिए । गत वर्ष पारसलाई हृदयघात हुँदा पनि ज्ञानेन्द्र थाइल्याण्ड जान चाहेका थिएनन् । तर, लोक लाज छोप्नका लागि उनी त्यहाँ पुगेका थिए । पारस फर्कने अघिल्लो दिन पनि ज्ञानेन्द्रले उनलाई नेपाल नल्याउन आग्रह गरेका थिए । दरबारका एक पूर्व अधिकारीले पारस आउने हल्ला चलेपछि ज्ञानेन्द्रले उनलाई बरु सिंगापुर गए हुन्छ भन्ने सुझाब दिएको बताउँछन् । जब पारस काठमाडौं ओर्लिए, निर्मल निवासमा सबैको निद हराम भएको छ । सिंगापुर हुँदै थाइल्याण्ड जानुपूर्व पारसले गरेका हर्कतहरु पुन दोहोरिने डरमा परेको छ, निर्मलनिवास । ज्ञानेन्द्रका निकट सहयोगीहरु नै पारस र ज्ञानेन्द्र बिचको सम्बन्धमा भाँजो हाल्न लागिपरेको दारबारका ती पूर्व अधिकारीको दाबी छ । ‘पारसलाई सधैं नराम्रो देखाएर ज्ञानेन्द्रको सम्पत्तीमा लुट मच्चाउन सहयोगीहरुले भूमिका खेलेका छन्,’ उनी भन्छन्–‘पारसलाई निर्मल निवासमै स्पेस दिएर सुधार गर्न सकिने थुप्रै आधारहरु छन् ।’ त्यसो त पारसले नेपाल फर्किएर आफू समाजसेवामा लाग्ने बताएका थिए । उनले पत्नी हिमानीको नाममा रहेको हिमानी कोष मार्फत समाजसेवामा लाग्न चाहेको बताइन्छ । तर, पारस र हिमानीबीचको सम्बन्ध काजगी मात्र भएको टिप्पणी पनि बेला बेलामा हुने गरेको छ । उनले थाइ प्रेमिका चेन्नीकालाई छाडेको भन्ने आधार नभएकाले पारसको समाजसेवा पनि गफ मात्र र टिक्ने मेसो हो की भन्ने अड्कलमा छ, दरबार । जे होस् विदेशमा बिग्रिएर बस्नु भन्दा स्वदेशमै आउनु पारसको सकारात्मक पक्ष हो । अब उनले आफ्ना पूर्ववत् क्रियाकलाप छाडेर सज्जन नागरिक बन्ने प्रयास गरे भने यो नै उपलब्धि हुने छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेला ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments