Hindi Films

के हो त कारण हिमानीले पारसलाई नभेटी भारत जानुको ?

Unknown | 01:22 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । पूर्वयुवराज पारस १९ चैतमा स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गइनन् । जब कि अघिल्लो मंगलबार पारसलाई थाइल्यान्डको जेलबाट मुक्त गराउन त्यहाँको राजपरिवारसँग हिमानीले नै कुराकानी गरेकी थिइन् । हिमानीले जेलमै पारसलाई भेटेर स्वदेश फर्किन मनाएकी थिइन् । तर,स्वदेश फर्किएपछि कुण्डलिनी हेल्थ क्लब, चन्डोलमा बसेका पारससँग उनको भेट भएको छैन । उनले छोरा र दुई छोरीलाई भने पारस फर्केकै दिन साँझ भेट्न पठाएकी थिइन् । पारस र हिमानी सहित पूर्वराजपरिवारका बीचमा निकटस्थमार्फत कुरानकानी भइरहेको जनाइएको छ । तर यसै बिचमा तालिका परिवर्तन गरि युवराज्ञी हिमानी शाह आज भारत प्रस्थान गरेकी छिन । यही साता स्वास्थ्य उपचारका लागि पूर्व रानी कोमल शाह भारत जान लाग्नु भएकाले उनको उपचारको चाँजोपाँजो मिलाउन हिमानी नयाँ दिल्ली गएकी हुन् । दरबार हत्याकाण्डमा गोली लागेका पूर्व रानी कोमलको उपचारका लागि पूर्व राजा ज्ञानेन्द्र शाह पनि यसै साता नयाँ दिल्ली प्रस्थान गर्नेे बताईएको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments