ग्याङस्टरलाई भेटेकोमा अर्जुन रामपाललाई कारवाही
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बाई, चैत २४ – ग्याङस्टर अरुन गौलीलाई गत वर्ष जेजे अस्पतालमा भेटेको मामिलालाई लिएर प्रहरीले बलिवुड अभिनेता अर्जुन रामपालमाथि कारवाही गर्ने तयारी गरेको छ ।
जे जे मार्गको प्रहरीले अनुसन्धानपछि रामपालको उक्त भेट गैरकानुनी भएको निष्कर्श निकालेको छ । प्रहरीले उक्त रिपोर्ट अब जेलका अधिकारीहरुलाई पठाउनेछ ।
भारतीय संचारमाध्यमसँग कुरा गर्दै आइपीएस अफिसरले अर्जुन रामपालले गौलीलाई अस्पतालमा भेट्दा अदालत वा जेल अधिकारीसँग कुनै पनि अनुमति नलिएको र कुनै कानुनी प्रक्रिया पूरा नगरेको जानकारी दिएका छन् ।
उनका अनुसार रामपाललाई भारतीय पेनल कोडको सेक्सन १८८ को मातहतबाट कारवाही गर्न सकिनेछ र उनी विरुद्ध एफआइआर दर्ज गरिनेछ ।
आफ्नो आगामी चलचित्र ड्याडीमा गौलीकै भूमिकामा देखिन लागेका रामपालले गत डिसेम्बर २९ का दिन अस्पतालमा भेटेका थिए ।
गौली हत्याको आरोपमा आजीवन कारावासको सजाय काटिरहेका छन् । उनलाई नभी मुम्बाईको तलोजा जेलबाट चेकअपको लागि अस्पताल लगिएको थियो ।
भेटपछि प्रहरीले यस विषयमा अर्जुनको बयानसमेत लिएको थियो भने जाँचसमेत शुरु गरेको थियो ।
रामपालले एक वक्तव्य जारी गर्दै अस्पतालमा फिल्मको सुटिङको लागि घुमिरहँदा अकास्मात भेट भएको बताएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips
0 comments