Hindi Films

हेर्नुहोस यी नेपाली बैंकहरुका क प्रमुखले खाने तलब !

Unknown | 00:52 | 0 comments



२२  चैत, काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत जशिन जोशीले आर्थिक वर्ष ०७०/०७१ मा बैंकबाट तलब/भत्ताबापत १ करोड ९० लाख रुपैयाँ रकम बुझे । जोशीले बैंकबाट लिएको तलब/भत्ता मासिकरुपमा हेर्दा १५ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ पर्छ । उनको दैनिक तलब सुविधा दिनमा ५२ हजार ७ सय ७७ रुपैयाँ हुन्छ ।
bank ceo salary_1
नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका जोशी सबैभन्दा धेरै तलब/भत्ता बुझ्ने नेपाली बैंकर हुन् ।
धेरै तलब/भत्ता लिने दोस्रो स्थानमा मेगा बैंकका सीइओ अनिलकेशरी शाह छन् । शाहले गत आर्थिक वर्ष बैंकबाट १ करोड ७५ लाख रुपैयाँ बुझे ।
तेस्रोमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे छन् । उनले गत आर्थिक वर्ष बैंकबाट १ करोड ५७ लाख रुपैयाँ लिए ।
शेयर धनीले पाउने प्रतिफल
धेरै तलब बुझ्ने नेपाली बैंकहरहरुले सेयरधनीलाई कस्तो प्रतिफल दिएका छन त ? बैंकले दिएको प्रतिफललाई आधार मानेर अनलाइनखबरले सीइओहरुको कार्यसम्पादन मूल्यांकन (प्रफर्मेन्स) सम्बन्धी विश्लेषणात्मक आलेख तयार पारेको छ ।
संस्थाले सेयरधनीलाई दिने प्रतिफल र संस्थाको ख्याति (गुडविल)ले सीइओलाई संस्थाले दिएको तलब/भत्ता अनुसार काम गरे/नगरेको प्रमाणित गर्ने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । यसआधारमा धेरैजसो नेपाली बैंकका सीइओहरुले आफूले बुझेको तलब/भत्ता अनुसार सेयरधनीलाई प्रतिफल दिन नसकेको उनको विश्लेषण छ ।
‘सीइओहरुको कार्यसम्पादन (प्रफर्मेन्स) मूल्यांकन उनीहरुले सेयरधनीलाई प्रदान गरेको लाभांश, सेयरको मुल्य र सेयरधनीको लगानीमा आर्जन गरेको प्रतिफल (इक्विटीमा प्रतिफल वा रिटन अन इक्विटी)ले मापन गरिन्छ ।
वासलात (ब्यालेन्स सिट)को आकारले निर्धारण गर्दैन ।’ भट्टराईले अनलाइनखबरसँग भने- ‘यी सूचकांकलाई आधार मान्दा लगानीकर्ताको दृष्टिकोणबाट धेरैजसो नेपाली बैंकका सीइओहरुको प्रफर्मेन्स कमजोर देखिएको छ ।’
स्रोत:पुष्प दुलाल/अनलाइनखबर



पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments