राजेन्द्र महतो दिल्लीमा, वीरगञ्ज युवा संघको कब्जामा, राजीव पहारीले सम्हाले कमाण्ड
|
कार्यक्रम नगर्न स्थानीय प्रशासन र मोर्चाका कार्यकर्ताको धम्की
वीरगञ्ज, १८ पुस । राष्ट्रव्यापी जागरण अभियान लिएर मधेसमा उत्रिएको युवा संघ नेपालले पर्साको वीरगञ्जलाई आफ्नो कब्जामा लिएको छ ।
मधेस आन्दोलनको प्रमुख सेल्टर भनेर चिनिने तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको राजधानी वीरगञ्जलाई विहीबारदेखि युवा संघ नेपालले आफ्नो कब्जामा लिएर जागरण अभियान सुरु गरेको हो । वीरगञ्जको कमाण्ड युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले सम्हालेका छन् ।
मोरङको विराटनगरस्थित जोगवनी नाकामा गत शनिबार भएको मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाइते महतो उपचारका लागि दिल्ली गएका बेला उनको अड्डा वीरगञ्जलाई युवा संघले कब्जामा लिएको हो ।
युवा संघका अध्यक्ष राजीव पहारीले वीरगञ्जमा जागरण अभियान सफलताका साथ चलिरहेको बताए । ‘कार्यक्रम नगर्न स्थानीय प्रशासन, प्रहरी र आन्दोलनरत दलका नेता कार्यकर्ताले धम्की दिएपनि कतिपनि विचलिन नभइकन् हामीले निरन्तर अभियना अगाडि बढाइरहेका छौं,’ पहारी वीरगञ्जमा भने– ‘हाम्रो कार्यक्रमले राष्ट्रियतालाई मजबुत बनाउने काम गरेको छ ।’
अध्यक्ष पहारीले मधेका जायज माग पुरा गर्नुपर्ने भन्दै राष्ट्र विखण्डन गर्न खोज्नेलाई नछाड्ने चेतावनी दिए । ‘राष्ट्र विखण्डन गर्न खोज्नेलाई युवा संघ नेपालले छोड्दैन । हिमाल, पहाड र तराईका नेपालीबीच सदभाव हुनुपर्छ । सदभाव भड्काउनेलाई वीरगञ्जमा पनि बाँकी राख्दैनौं । वीरगञ्ज अब हाम्रो कब्जामा छ,’ पहारीले भने ।
उनले मधेसको विकासका लागि सरकारले आर्थिक विकासको प्याकेज ल्याउनुपर्ने बताए । ‘भारतमा ग्राम पञ्चायत चुनाव हारेका नेपालमा सांसद छन् । तिनीहरुको नागरिकता छानविन गरी तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भने ।
सरकारले गतिशील भएर काम गर्नुपर्ने उनको सुझाव थियो । राजेन्द्र महतोको राजधानी मानिने वीरगञ्जमा यसअघि कुनै पार्टी तथा भातृ संगठन कार्यक्रम लिएर जान नसकेको बेला युवा संघले भने पुरै सहर कब्जामा लिएर जागरण अभियान चलाएको हो ।
यसैगरी मधेसलाई अलग राष्ट्र बनाउने भ्रम पनि युवा संघले चिर्न सफल भएको छ । ‘विखण्ड गर्नेलाई कारवाही गर्ने हाम्रो अठोटपछि त्यहाँका जनतामा सकारात्मक प्रभाव परेको छ । विखण्डनविरुद्ध उनीहरु पनि उभिएका छन्,’ पहारीले भने ।
अध्यक्ष पहारी तीन दिनदेखि वीरगञ्जममा कार्यकर्ता तथा जनतालाई प्रशिक्षण दिनमा व्यस्त छन् । अभियानमा नेकपा एमालेका नारायणी सह–इन्चार्ज प्रल्हाद गिरी, सभासद राजकुमार गुप्ता, गनगा खड्का, केदार तिवारी, प्रभु हजरा, अरबिन सिंह लगायत युवा नेताहरुले साथ दिइरहेका छन् ।
|
Category: News
0 comments