Hindi Films

फागुन २६ गते खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहणको बेला के गर्न हुने के नहुने !

Unknown | 03:56 | 0 comments

Image Title
काठमाडौँ, २२ फागुन, फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
   
“ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय वचन छ”–उहाँले भन्नुभयो । यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाइ छ ।
 
सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताउनुहुन्छ ।
  
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नु नपर्ने बताउनुहुन्छ ।

Category:

0 comments