Hindi Films

जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस्

Unknown | 09:42 | 0 comments


न कुन्डलीको जरुरत न ज्योतिषीको सल्लाहा बस तपाईंको जन्मदिनको तारिख अनुसार तपार्ईंले आफ्नो भविष्यमा गर्न सकिने व्यावसाय वा नोकरीको भविष्यबारे थाहा पाउनुहुनेछ । यदी तपाईं आफ्नो करियरको विषयमा चिन्तित हुनुहुन्छ वा जीवनमा केही गर्न चहानुहुन्छ भने तपाईंको जन्ममिति अनुसार नोकरी या व्यावसाय छुट्याउनुपर्छ ।
अंकज्योतिषका अनुसार व्यक्तिको जन्ममितिले आधारमा उसको जीवनमा हरेक क्षेत्रमा प्रभाव पर्छ । त्यसैले आफ्नो जन्ममितिका अनुसार करियरको विषयमा योजना बनायो भने दिगो हुने छ । तपाईंको जन्मदिन ९ तरिखमा भएको हो भने आफ्नो जन्मांक जोड्नुहोस् जुन अंक प्राप्त हुन्छ त्यो मुलांक हुनेछ । जस्तै १५ तारिखमा जन्म दिन हो भने १ प्लस ५ बराबर ६ हुन्छ ।
जन्मांक १ 
astro-one
जन्मांक एक रहेका व्यक्तिहरु प्रशासक, नेता मनत्री वा उच्च पदस्थ अधिकारी बन्ने योगका हुन्छन् । जन्मांक एक भएका व्यक्तिहरुको व्यावसायमा कपडा, कृषी, स्टेस्नरी जस्ता व्यावसायमा सफलताको संभावना छ ।
जन्मांक २

यो जन्मांक भएका व्यक्तिका लागि चिसो पेय पदार्थ, कांचका बस्तु, जल व्यावसाय, कवि नर्स, तथा अध्यापक बन्ने योग हुने गर्छ । व्यावसायमा दुई जन्मांक हुने व्यक्ति केमिस्टका काम गर्ने संभावनाका हुन्छन् ।
जन्मांक ३ 
3-1
जन्मांक ३ भएका व्यक्तिहरु सचिव, खगोलशास्त्री, खेलाडी ईन्जिनियर र डाक्टर बन्न सक्ने खालका हुन्छन् । आयात–निर्यात तथा दलाली गरेर पनि प्रशस्त धन कमाउन सक्छन् ।
जन्मांक ४
4-1
जन्मांक ४ भएका व्यक्तिहरु सेवा गर्ने योगका हुन्छन् । यस वर्गका व्यक्तिहरुले व्यावसाय गर्नेहो भने नगद लेनदेनकै आधारमा व्यावसाय गर्नुपर्ने हुन्छ ।
जन्मांक ५ 
5-1
तपाईंको जन्मांक ५ हो भने तपाईं बैंकीङ, बीमा, वा चाटर्ड एकाउन्टेन्ड बन्न सक्नुहुनेछ । जन्मांक ५ को जातलाई व्यावसायमा शिक्षा, प्रबन्धन, केमिकल वा ज्योतिषका काममा फाइदा हुने देखिन्छ ।

जन्मांक ६ 
6-1
यदि तपाईंको जन्मांक ६ हो भने, तपाईंलाई ललितकला, होटल एवं रेस्टुरेन्ट, संगीत, अभिनय प्रचारक आदि काममा सफलता मिल्छ ।
जन्मांक ७
7-1
यो जन्मांक भएकाहरुका लागि ईन्जीनरिङ, अनुसन्धान, कृषि सम्बन्धी कार्य, जासुसी तथा संचार विभागसँग जोडिएको काममा बढी सफलता मिल्छ ।
जन्मांक ८ 
8-1
यी जन्मांक भएका व्यक्तिका लागि मेशीनरी, मुद्रण, संचार विभाग, लघु उद्योग, शोधकार्य, फ्याक्ट्री, स्टील व्यावसाय, कोइला जमीन किनबेच तथा रत्न व्यावसायमा सफलता मिल्छ ।
जन्मांक ९ 
9-1
जन्मांक नौ भएका व्यक्तिका लागि ईन्जीनियर, न्यायधीश, पुलिस अधिकारी वा सेनामा जागिर गर्नु उचित हुन्छ । उनीहरुका लागि खनिज, विद्युत, सिमेन्ट, जमिन किनबेच वा चिकित्सासँग जोडिएको व्यावसायमा लाभ मिल्छ । 
स्राेतः साझापाेष्ट

Category:

0 comments