Hindi Films

एकै घरका चार जनाको सामुहिक अन्तेष्टि

Unknown | 19:51 | 0 comments


AN 2 (1)ओपेन्द्र बस्नेत,  दाङ
प्यूठानमा खहरेखोलाले बगाउँदा मृत्यु भएका दाङका एकै घरका चार जनाको आइतवार उरहरीको बबईनदिमा सामुहिक अन्तेष्टि गरिएको छ । उक्त दुर्घटनामा एकै परिवारका आमा, छोरा र दुइ जना नातिनीको सामुहिक अन्तेष्टि गरिएको हो । सामुहिक अन्तेष्टि स्थलमा पुगेका अधिकाँस मलामीको आँखामा आँसु भरिएको थियो ।
मृतक ६५ वर्षीया दुवा खनालका कान्छा छोरा नारायण खनालले लक्सरै राखेका चारवटा चितामा दागवत्ति दिएका थिए । आमा छोरा र दुई जना नातिनीको सामुहिक अन्तेष्टि कार्य निकै कारुणिक थियो । स्वर्गद्धारी प्रभुको दर्शनमा गएका एकै परिवारका चार जनाको मृत्यु भएपछि उरहरी गाउँ शोकमा डुवेको छ ।
स्वर्गद्धारी प्रभुको दर्शनका लागि प्यूठान गएका दाङ तुलसीपुर १९ उरहरीका ६५ वर्षीया दुवा खनाल, उहाँका ५० वर्षीय छोरा सुकदेव खनाल नातिनी १९ वर्षीया विमला खनाल र १२ वर्षीया अस्मिता खनालको आइतवार उरहरी स्थित बबई नदि घाटमा सामुहिक अन्तेष्टि गरिएको हो । दुर्घटनामा परेका मध्ये दुवा खनालको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने अन्य तीन जनाकोे घटना स्थलमै मृत्यु भएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तुलवहादुर कार्कीले बताए । स्वर्गद्धारी प्रभुको दर्शन गरेर घरतर्फ फर्कदै गर्दा प्यूठानको भिंगृ–१ स्थित मुहान खोलाले शनिवार दिउँसो उनीहरु सवार बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई बगाउँदा उक्त दुर्घटना भएको थियो ।

Category:

0 comments