Hindi Films

बार्सिलोना र रियल मड्रिड भिड्दै

Unknown | 19:13 | 0 comments

फोटो :एजेन्सी
काठमाडौंः यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्नका लागि साविक विजेता बार्सिलोना र रियल मड्रिडबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

गएराति भएका खेलमा उपाधि होडमा रहेको एट्लेटिको मड्रिड पराजित भएपछि यी दुई क्लबबीच ला लिगाको उपाधिका लागि कडा टक्कर पर्ने भएको हो । 

लिगमा एक चरण अर्थात ३८ औं चरणको मात्र खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिड भन्दा एक अंकले पछि रहेको छ । यस्तोमा ग्रानडाविरुद्धको अन्तिम खेलमा विजयी भएमा बार्सिलोनाले उपाधि जित्ने छ । 

तर बार्सिलोना बराबरी या पराजित भएको अवस्थामा रियल मड्रिडले डेर्पोटिभोविरुद्धको अन्तिम खेलमा जित निकालेमा भने उपाधि उसकै पोल्टामा पुग्नेछ । 

गएरातिको खेलमा मेसीले १, स्वारेजले २, नेमारले १ र राफिन्नाले १ गोल गरेपछि  बार्सिलोनाले स्पानियोललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । 

यो जितपछि ३७ खेलबाट ८८ अंकसहित बार्सिलोना उपाधि होडको अग्रस्थानमा छ । 
अर्कातिर गएरातिकै खेलमा भ्यालेन्सियामाथि ३–२ को कठिन जित निकालेपछि रियलले पनि बार्सिलोनालाई उपाधिका लागि दबाब दिइरहेको छ ।
रोनाल्डोले २ र बेन्जेमाले एक गोल गरेपछि रियलले बार्सालाई उपाधिका लागि दबाब दिइरहेको हो । उसले ३७ खेलबाट ८७ अंक जोडेका छ र बार्सा भन्दा एक अंकले पछि छ । 

हिजै भएको खेलमा उपाधि होडमा रहेको एट्लेटिको मड्रिड भने रेलिगेशनमा परिसकेको लेभान्टेसँग २–१ ले पराजि भएपछि उपाधि होडबाट बाहिरिएको छ । 

लेभान्टेसँग पराजित भएपछि ८५ अंकमा सीमित भएको एट्लेटिकोको उपाधि जित्ने आशा करिब समाप्त भएको हो । 

Category:

0 comments