Hindi Films

२३ बर्षकी यी नेपाली चेली, जसले तीन मिनेटमा जितिन् बान कि मुनदेखि ओलम्पिक कमिटीको अध्यक्षसम्मका मन

Unknown | 03:20 | 0 comments

काठमाडौं– रोमी गिरी नेपाली खेल क्षेत्रमा भिन्न प्रतिभा बोकेकी युवती हुन् । खेलकुदसँगै आफ्नो पढाईलाई समेत अघि बढाइरहेकी गिरी यसै क्षेत्रमार्फत समाजसेवामा जोडिन चाहन्छिन् ।

गिरीले विश्व तेक्वान्दो महासंघ र सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै स्विचरल्याण्डमा सम्पन्न ओलम्पिक खेलको टर्च तथा फ्लेम अनावरण कार्यक्रममा सहभागिता जनाइन् । संयक्त राष्ट्र«संघको मुख्यालय जेनेभामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, अन्तर्राष्टिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बचसहित विश्वका थुप्रै चर्चित खेलाडी तथा विशिष्ट पाहुनाहरुले आफ्नो मन्तव्य राखेका थिए । विश्वभरका तेक्वान्दो खेलाडीहरुको प्रतिनिधित्व गर्दै रोमीले छोटो मन्तव्य पनि राखिन । आफ्नो तीन मिनेटको मन्तव्यमा उनले अथिति सवैको मन जित्न सफल भइन् । भन्छिन्, ‘मेरो मन्तव्य धेरैले मन पराउनुभयो । सवैले धन्यावाद दिनुभयो ।’
romi giri
रोमीले मन्तव्यमा के भनिन् ?
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन ज्यू, खेलकुदका विशेष सल्लाहकार मिस्टर लेम्के, सम्मानित मन्त्रीज्यूहरु, अन्तर्राष्टिय ओलम्पिक कमिटीका अध्यक्ष तथा उपस्थित हुनुभएका विशिष्ट पाहुनाहरु ।
जेनेभास्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आयोजना गरेको यस विशेष समारोहमा तपाईहरुलाई न्यायो स्वागत गर्दै म आफू विश्वकै सर्वोच्च शिखर भएको देशबाट आएको जानकारी गराउँछु ।
बुद्ध जन्मेको देश र शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै म नेपालकी छोरी २३ बर्षकी रोमी गिरी यहाँसम्म आइपुगेको छु ।
तपाईहरुलाई शुभ प्रभात र नमस्ते । अहिलेको अवस्था वर्णन गर्न मेरा शब्दहरु पर्याप्त छैनन् । म खेलकुदको कला र अन्तर्राष्ट्रिय भाषामा विश्वास गर्छु, जहाँ विश्वका हरेक मान्छे आफ्नो पहिचान कायम राख्दै एकजुट हुनसक्छन् ।
खेलकुदमा धर्म, जाती, गोरो र कालोको नाममा कुनै विभेद छैन् । यसअघि सन् २०१५ मा मैले जापानको टाकोहुमा १४ औँ युथ लिडरसिप कार्यक्रममा सहभागिता जनाउने अवसर पाएको थिएँ । मेरो खेलकुद जीवनका लागि यो निकै महत्वपूर्ण साबित भयो । यसैको नतिजास्वरुप म अहिले नेपाल तेक्वान्दोअन्तर्गत पारा डेभलपिंग कमिटीमा फरक ढंगबाट काम गर्दैछु ।
युथ लिडरसिप कार्यक्रमबाट मैले सिकेको सिपले मलाई विकास र शान्तिसँग प्रतिवद्ध रहदँै देशको एक जिम्मेवार नागरिक बन्न सिकायो । विशिष्ट पाहुनाहरु ,दुग्भार्यवस ः मेरो देश महाभूकम्पबाट प्रभावित छ । मेरो देशमा भएको जनधनको क्षति र अझै बेपत्ता रहेकाहरुको स्थितिले मलाई स्तब्ध बनाएको छ ।
अझै ३९ जना विदेशी नागरिकहरु यसै भूकम्पमा परेर बेपत्ता छन् । ऐतिहासिक र सांस्कृति सम्पदाहरु ध्वस्त छन् र अझै पहिरोको त्रास छ । यस सयममा विश्व तेक्वान्दो फेडेरेशनले १ दशमलव ५ मिलियन भूकम्प पीडितहरुका लागि खर्च गरिसकेको छ । खेलकुदमार्फत कसरी शान्ति र विकासका लागि अन्तर्राष्टिय समन्वय गरेर काम गर्न सकिन्छ भन्ने उदाहरण यसले देखाएको छ । म आफैँ थुप्रैपटक राहत सामाग्री वितरणमा गएँ । एउटा महिलाका लागि यो काम चुनौतिपूर्ण थियो ।
भाग्यवस, आज जेसस क्राइस्ट मान्ने क्रिष्टियन, पैगम्बर महोमद्धलाई मान्ने मुस्लिम, हिन्दूत्व मान्ने हिन्दू, बुद्धिस्ट र विज्ञानलाई मान्ने वैज्ञानिहरु मेरो सामून्ने हुनुहुन्छ । यो खेलकुदका कारण हो किनभने खेल जहाँ पनि खेल्न सकिन्छ । खेलकुद एउटा यस्तो माध्यम हो यसले पीडा, दुख, विभेद र बिमारीहरुलाई चिर्दै समाजलाई स्वस्थ्य र खुसी राख्छ ।
तपाईहरु सबैलाई समर्थनका लागि धन्यवाद् छ । तपाईहरुकै समर्थनका कारण नेपालले एक्लो महसूस गरेको छैन् ।
म सबै खेलप्रेमीहरुलाई विकास र शान्तिको साझा उद्धेश्यका लागि एकजुट हुन आग्रह गर्दछु ।
धन्यवाद र नेपालको तर्फबाट न्यायो स्वागत ।
13139134_1204109096275396_1326246468126538240_n
के भएको थियो कार्यक्रममा
वैशाख १७ गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा थुप्रै विशिष्ट अतिति उपस्थित थिए । विश्व तेक्वान्दो महासंघ, नेपाल तेक्वान्दो संघ र युथ लिडरसिप कार्यक्रमको प्रतिनिधित्व गर्दै गिरी यस समारोहमा गइन् ।
संयुक्त राष्ट्रसंघमा ओलम्पिक टर्च तथा फ्लेम ल्याइएको खुसीयालीमा शान्ति र विकासका लागि खेलकुदलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा विभिन्न विशिष्ट व्यक्तित्वहरुले धारणा राखेका थिए ।
विश्वमा शान्ति र भाइचाराको सम्बन्ध विकासका लागि सूरु भएको ओलम्पिक खेलको टर्च संयुक्त राष्ट्रसंघमा पुग्ने निकै महत्वपूर्ण मानिन्छ । सन् २००४ को एथेन्स ओलम्पिक अघि पनि संयुक्त राष्ट्रसंघमा यसरी नै ओलम्पिक फ्लेम तथा टर्च पुगेको थियो ।
त्यसपछि ओलम्पिक फ्लेम तथा टर्च संयुक्त राष्ट्रसंघको कार्यालयमा पुगेको यो केवल दोस्रो अवसर हो । नेपालका तर्फबाट यस कार्यक्रममा सहभागिता जनाउने गिरी पहिलो व्यक्ति हुन् । उनले आफ्नो भावनात्मक मन्तव्य मार्फत सवैको मन जितिन् ।
को हुन् गिरी
काठमाडौँको जोरपाटी स्थायि घर भएकी गिरीले २०५८ सालदेखी तेक्वान्दो खेल्न सुरु गरेकी हुन् । तेक्वान्दो सँगसँगै पढाईलाई समेत ध्यान राख्नुपर्ने भएका कारण उनी अहिले रेफ्रीको भूमिकामा कार्यरत छिन् ।
त्यस्तै उनले विद्यालयहरुमा तेक्वान्दो प्रशिक्षण समेत गराउँदै आएकी छिन् । खेलक्षेत्रमा भविष्यमा एक कुशल व्यवस्थापक बन्ने उद्धेश्य उनले राखेकी छिन् । अहिले केएफए कलेजमा एमबीए पढ्दै गरेकी गिरी वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायत विकास समितिमा कार्यरत छिन् ।
खेलाडीकै रुपमा उनी अमेरिकी दूतावासको काउन्सिल मेम्बर समेत छिन् ।
Source: Rato Pati

Category:

0 comments