Hindi Films

संयुक्त राष्ट्रसंघमा नेपाललाई अर्को सफलता, ७१ औं महासभाको उपाध्यक्षमा सवर्सम्मत

Unknown | 18:29 | 0 comments

 
Nepal-flag
काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालले अर्को सफलता प्राप्त गरेको छ । यो सँगै नेपाल दक्षीण एसियाको नेता राष्ट्रका रुपमा रहने छ ।
राष्ट्रसंघको महासभाको ७१ औं सत्रका लागि एशिया प्रशान्त राष्ट्रहरुको समूहबाट नेपाल उपाध्यक्षमा सर्बसम्मत भएको हो । एसिया प्रशान्त क्षेत्रबाट चार उपाध्यक्ष रहने छन् ।
महासभाको ७१ औं सत्र आगामी १३ सेप्टेम्बरबाट सुरु भएर सन् २०१७ को डिसेम्बरसम्म चल्ने छ । नेपाल निर्वाचित भएसँगै लगातार तेस्रोपटक संयुक्त राष्ट्रसंघीय महासभा महासमितिको सदस्य राष्ट्रका रुपमा नेपाल रहने छ । सन् १९५५ मा राष्ट्रसंघको सदस्य बनेयता नेपालको यो सफलता पहिलो हो ।
न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले प्रेस विज्ञप्तिमार्फत महासभाका अध्यक्ष, पाँच भौगोलिक क्षेत्रबाट २१ सदस्य, महासभाको ६ मुख्य समितिहरुका अध्यक्ष र सुरक्षा परिषदका पाँच स्थाई सदस्यहरुले महासमिति पुर्ण बनेको हुने जनाएको छ । यसका लागि सुरक्षा परिषद सदस्यबाहेक अरु सबै सदस्यहरुका लागि भने हरेक वर्षको जूनमा महासभाले गर्ने उल्लेख छ ।
नयाँ जिम्मेवारीले नेपाललाई फेरि एकपटक संयुक्त राष्ट्रसंघको कार्यमा प्रत्यक्ष योगदान गर्न अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । जारी ७० औं सत्रमा नेपालका दुर्गाप्रसाद भट्टराईले पाचौं समितिको अध्यक्षता गरिरहेका छन् । नेपालले राष्ट्रसंघ मार्फत् आफ्नो उपस्थिति विश्वमा देखाउँदै आएको छ ।

Category:

0 comments