Hindi Films

ओली हावादारी होइनन् : भान्सा–भान्सामा ग्यासको पाइप सम्भव छ !

Unknown | 20:38 | 0 comments


 करिब १३÷१४ वर्षदेखि मैले नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेको छु । राजनीतिक विषयलाई चिरफार गरेर लेख्दै पनि आएको छु । राजनीतिक विषयवस्तुमा आधारित भएर लेख्दा मैले आजसम्म कुनै राजनीतिक आस्थाको पक्षपोषण गरेको छैन । एमाले, काङ्ग्रेस वा माओवादी कसैको समर्थन या विरोधमा लेख्दिनँ । सधैं राष्ट्र र जनताका पक्षमा मात्र लेख्ने गरेको छु ।
पछिल्लो समय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई धेरैले गाली गरेको देखिन्छ । ‘केपी ओलीले केही गर्न नसकेको’ भन्ने अवाजहरू उठिरहेका छन् । जसले जति आलोचना गरे पनि मलाई के लाग्छ भने यो अध्ययन र भिजनको कमी हो । आलोचना गर्नेहरूमा अध्ययन र भिजन भएको भए सायद यो आवाज उठ्ने थिएन ।
राष्ट्र र जनताप्रति प्रेमभावकै कारण केपी ओलीले संविधान जारी गर्न भूमिका खेलेका हुन् । नेपाली राजनीतिले संविधान निर्माणको थोरै जस केपी ओलीलाई दिनुपर्छ, दिएको पनि छ । त्यसपछिको ठूलो समस्या थियो नाकाबन्दी । अघोषित रुपमा भारतले गरेको नाकाबन्दीको समयमा केपी ओलीले जुन अडान लिए यसले राष्ट्रियता र सार्वभौमिकतालाई बचायो । सायद ओलीबाहेक अन्य व्यक्ति भए भारतले हामीलाई सजिलै थर्काउने थियो । त्यति मात्रै हैन नाकाबन्दीमा ओलीको अडानले सबैको पर्दाफास पनि गरिदिएको छ । भारतले ‘मैले जे गरे पनि हुन्छ’ भन्ने सोचेको थियो तर त्यस्तो नहुने रहेछ भन्ने कुरा उसले राम्रोगरी थाहा पायो ।
मधेसवादी दल सधैँ धम्कीको भाषामा भन्थे, ‘देश टुक्र्याइदिऊँ ?’ तर मधेस आन्दोलन असफल भएसँगै उनीहरूको अडान पनि फेरियो । तसर्थ निःस्वार्थ मागमा अडान लिने नेता भएमा हामीलाई कसैले केही गर्न सक्दैन ।
पहिले अडान लिनेहरूमा राजा महेन्द्र र मरिचमानलाई पनि हामीले भुल्नु हुँदैन । त्यसपछि अहिले केपी ओलीले अडान लिएकोमा मलाई ठूलो गौरव लागेको छ । अस्ति अचानक ओलीजीको राजीनामा गर्न लागेको समाचार सुनेपछि मजस्तो दुःखी कोही भएन् होला । उनको भाइ डाक्टर छन् र मेरा साथी पनि हुन् । संसदमा ओलीले राजीनामा गर्दैछन् भन्ने कुरा सुनेपछि उनका भाइमाफर्त भेटेर मैले प्रधानमन्त्रीलाई धन्यवाद दिएर आउँछु भन्ने मनस्थिति बनाएँ । ‘एटलिस्ट तपाईंले नेपालको राष्ट्रियता बचाउनुभो’ त्यत्ति भनेर धन्यवाद दिने सोचेको थिएँ । तर भोलिपल्ट सत्ताको खेल परिवर्तन भयो । त्यो परिवर्तन हुँदा मलाई खुसी लागेको छ ।
यो देशमा मैले झलनाथ खनाल, माधव नेपाल, शेरबहादुर देउवा र प्रचण्डको सरकार पनि देखिसकेको छौं । उहाँहरू सबैलाई के अनुरोध गर्छु भने ‘प्लिज केपी ओलीलाई दुई तीन वर्ष देश चलाउन दिनोस् ।’ वर्तमान सरकारले केही न केही गर्छ ।
उहाँलाई कतिले अनपढ भने । तर देश डिग्रीले होइन, भिजनले बन्छ भन्नेमा मेरो दृढ विश्वास छ । हामीले भगवान ठान्ने साइबाबाले डिग्री गरेका थिएनन् तर पनि हामी उहाँका विचारलाई पछ्याइरहेका छौं । इतिहासका कुनै पनि महापुरुषले डिग्री लिएका थिएनन् । नेतृत्वको भिजन र मिसनलाई जनताले विश्वास गरेर अगाडि बढ्नु नै सबैभन्दा ठूलो उपलब्धि हो ।
एक–एक मिनेटको महत्व हुन्छ । वर्तमान प्रधानमन्त्रीले दुई तीनवटा काम गर्न सक्नुपर्छ । सडक अथवा नहर निर्माण सँगसँगै सकेसम्म चाँडो उत्तरतिरका नाका खोल्नुपर्छ । लुम्बिनीसम्म रेल पु¥याउने योजनालाई सफलतापूर्वक सम्पन्न गरियो भने मुलुकमा उत्पादित सामानका लागि बजारको पहुँच सहज हुनेछ । यसका लागि जनताका हितमा हुने जतिसुकै सम्झौता गरे पनि हुन्छ ।
नदीनाला बिक्री गर्न दक्षिणसँग जति पनि सम्झौता गर्ने तर चीनले रेल लुम्बिनी ल्याउँछु भन्दा सम्झौता नगर्नु देशको विकासका लागि धोकापूर्ण कार्य हो । यसलाई किन रोक्ने ? तर यो सरकारलाई ढालेर फेरि पनि उत्तरी नाका बन्द गर्ने खेल चलिरहेको देखिन्छ । उत्तरी नाका बन्द गर्ने र नेपालीलाई गरिबको गरिब नै राख्ने खेलमा केही दलका केही मान्छे लागिपरेका देखिन्छन् ।
जुग–जुगदेखि दक्षिणको नाका खुल्लै थियो । हामी कहाँ पुग्यौं ? एकपटक उत्तरको नाका खोलेर हेरौं । देश कहाँ पुग्नेछ । हो, त्यही भिजन केपी ओलीसँग छ । यसकारण कम्तीमा २÷३ वर्षका लागि सबै जनताहरुले उहाँलाई साथ दिनुपर्छ । वर्तमान सरकार ढल्यो भने हामी अझै पचासौं वर्ष पछाडि धकेलिन्छौं । यो सबैले बुझ्नुपर्ने कुरा हो । त्यसैले आजको हाम्रो दायित्व ओली सरकारलाई टिकाउनेमा हुनुपर्छ । वर्तमान सरकारले चीनसँग जे–जे सम्झौता गरेर हुन्छ चीनसँगको नाका खोल्ने बातावरण बनाउन सकेमा अरू साना विकास आफैं हँुदैजान्छन्, टाउको दुःखाउनै पर्दैन ।
नबुझ्नेहरूले ओलीलाई उडाए
आजभोलि प्रधानमन्त्रीलाई जसरी उडाउने गरिएको छ, यथार्थ कुरा नबुझेर नै हो । नेपालमा पनि रेल गुड्न सक्छ भनेर यहाँका नीतिनिर्माताहरुले कहिल्यै सोचेनन् । सोच्नै नसक्नेहरूका लागि हावाबाट बिजुली निकाल्ने, रेलको लिक बनाउने कुरा अचम्मको हुने नै भयो । संसारका लागि यो सामान्य कुरा भसकेको छ । भारतमा हावाबाट बिजुली निकाल्न सकिन्छ भने नेपालमा कसरी असम्भव हुन्छ ? पानी जहाजको कुरा राणाकाल र पञ्चायत कालमा पनि उठेका कुरा हुन्, पहिले नभएका कुरा हैनन् ।
मङ्गल ग्रहमा रकेट पुगिसक्दा पनि प्रधानमन्त्री ओलीले उक्त काम गर्छु भन्दा हाँस्छन् भने त्यो भिजनको कमी हो । उनीहरुको समय सरकार ढाल्ने र सांसद किनबेच गर्नमै वितिराखेको छ भने विकासको भिजन कहाँबाट आउँछ ।
म पाकिस्तानमा पढेर आएको हुँ । त्यहाँका हरेक घरमा पाइपलाइनबाट ग्यास पु¥याइएको छ । असम्भव त रहेन छ नि ? छोटो समयमा सम्भव नहोला तर जनताको घरमा ग्यासको पाइप जोड्ने कुरा असम्भव हुँदै होइन । बङ्लगादेशमा पनि पाइपबाट ग्यासको वितरण गरिएको छ ।
DSC_7794भागबन्डाको अन्त्य र ट्रेड युनियन खारेज गरिनुपर्छ
नेपाली राजनीतिमा सहमतिको कुरा हटाउनुप¥यो, किनभने सहमति प्रजातन्त्रको बाधकका रुपमा देखा परेको छ । प्रजातन्त्रमा बहुमतले शासन चलाउने हो । सहमति भनेको मिलीजुली खाने हो । राष्ट्रिय सरकार बनाउने भन्दै प्रजातन्त्रिक प्रक्रियाबाट बनेको सरकारले काङ्ग्रेसलाई किन बोलाउने ? बहुमतले सरकार बनाएपछि प्रतिपक्षमा बस्छु भनेको काङ्ग्रेसलाई अहिले आऊ–आऊ किन भन्ने ? यो मिलेर खान खोजेको हो ।
अहिले हाम्रो मान्छे, पार्टीको मन्छे, आस्थाका मान्छे भनेर राजदूत र सचिव बनाउने चलन छ । त्यो परम्परा तुरुन्त छाडौं । आस्थाकै आधारमा मान्छेलाई कुनै पोस्ट नै दिनुहुँदैन । यो योग्यता र क्षमताको अपमान हो ।
राष्ट्रपतिले भर्खरै बाँडेका विभिन्न पुरस्कारहरु पनि भागबन्डा गरेको प्रष्ट रुपमा देखियो । यस्तै न्यायाधीश नियुक्ति होस् अथवा राजदूत बनाउँदा पार्टीका मान्छेलाई आउट गर्नुपर्छ । योग्य र क्षमतावान् मान्छेलाई नियुक्त गर्नुपर्छ । योग्य व्यक्तित्वले मात्र देशविकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
मुलुकको समृद्धि चाहने हो भने ट्रेड युनियनहरू बन्द गरिनुपर्छ । यसले समानान्तर सरकार जत्तिकै भएर अवरोध सिर्जना गर्दै आएको छ । ट्रेड युनियनले एउटा सचिवलाई हप्काएर कतिपय राम्रा कामहरुमा बधा गरेको छ ।
सरकारले भ्रष्टाचार नियन्त्रणका लागि कुनै प्रभावकारी कदम चालेको देखिँदैन । भ्रष्टाचार नियन्त्रणको दायित्व अख्तियारको मात्र होइन । यो लोकमानसिंह कार्कीको मात्रै दायित्व होइन । नेपाल सरकार नै भ्रष्टाचारमा संलग्न हुँदा अख्तियार तल्लो तहका निमुखाहरूका लागि मात्रै स्थापना भएको अनुभूति भएको छ । सरकारी प्रयत्नले कतै भ्रष्टाचार नियन्त्रण कन्ट्रोल भएको छैन ।
मैले यसअघि भनेको थिएँ, ‘यो देशको वास्तु नै मिलेको छैन ।’ दक्षिणी भागको खुल्ला सिमाना हाम्रो लागि दुर्भाग्य सावित भएको छ । त्यही खुला सिमानाले आज हामी झन् भएका छौं । भारतसँग हाम्रो दाइभाइको नाता छ भन्छौं तर भाइहरू सधैँ पछाडि पर्दा दाइहरू सधैँ अगाडि बढिरहेका छन् । त्यसैकारण वास्तुले जतिसक्दो उत्तरी नाकाहरू खोल्नु भनेको छ । उत्तरी नाका खुल्दा उनीहरू कहाँ पुगे, हाम्रो उत्तर बन्दा हुँदा हामी कहाँ छौं, विचार गर्ने समय आएको छ ।
भारतले पनि नेपालमा चीन देखापर्न थाल्यो भनेर भनेर असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । उसले पनि पूर्वदेखि पश्चिमसम्म रेल चलाइदिए हुन्छ । वीरगञ्जदेखि काठमाडौंसम्म रेल सेवा विस्तार गर्छु भन्यो भने हामी सहर्स स्वीकार्छौं ।
एक्सन लिनसक्ने सरकार !
ओली सरकारको मनपर्ने अर्को पक्ष हो ‘एक्सन’ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई तुरन्त फिर्ता बोलाएर उदाहरण प्रस्तुत ग¥यो । कूटनीतिमा अवरोध पु¥याउन खोज्नेलाई यसरी नै एक्सन लिनुपर्छ ।
दुई वर्षमा जारी गर्छु भन्नेहरूले ८ वर्षसम्म नबनाएको संविधान अहिले बल्ल बनाए । त्यसको कार्यान्वयनको अभिभारा ओली सरकाले बहन गर्दै आएको छ । तसर्थ हामीले ओलीलाई हावादारी भन्न मिल्दैन । ओलीलाई फाल्न देखाइएको नाङ्गो नाच त्यो ठीक भएन । हामी आजसम्म पनि नाकाबन्दीको असर भोगिरहेका छौं । ओली सरकारलाई फालेर फेरी अर्को मान्छेलाई मन्त्री बनाउने कुरा जनताले कसरी स्वीकार्ने ?
मधेसका माग ठीक छैनन्
मधेस आन्दोलनलाई उपेक्षा गरेको आरोप वर्तमान सरकारलाई लगाइएको छ । त्यसलाई राम्ररी बुझ्नुपर्छ । मधेसका ठूला–ठालाहरूको आन्दोलन भारतको स्वार्थमा भएको हो कि जनताको सहमतीमा भन्ने छुट्याउनुपर्छ । अनि मात्र त्यसका बारेमा आवश्यक कदम उठाउन उपयुक्त हुन्छ ।
अनसन बसेकै भरमा उनीहरुले उठाएको माग ठीक हो भन्ने ठान्दिनँ । आन्दोलन जनताका पक्षमा हुनुपर्छ । सिङ्गो भारत लागेर पनि नाकाबन्दी गर्दा किन सफल भएन आन्दोलन ? जनताका पक्षमा आन्दोलन भएका भए जनातले साथ दिन्थे । उनीहरुका माग नै बेठिक भएकाले जनताले साथ नदिएका हुन् । त्यसैले अनावश्यक माग राख्दा कसैले पत्याउँदैन । यसर्थ जनता र राष्ट्रका पक्षमा जायज माग उठान गर्ने जुनसुकै माग सरकारले पूरा गर्नु पर्छ । तर जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएका अपमानजनक व्यवहार गर्नैहरुबाट के आशा राख्ने ? मधेस विकसित नहुनुको मुख्य कारण त्यहाँका जनता होइनन् राजनेताको राजनीतिक सङ्कीर्णता नै हो ।
(लेखक सर्जन हुन्)
Source: Ratopati

Category:

0 comments