Home �
political
� महेश बस्नेत जहाज नि नचढ्ने, विदेश पनि नजाने
Unknown |
14:39 |
0
comments
 |

२ असोज, काठमाडौँ ।
उद्योगमन्त्री महेश बस्नेतले सरकारी खर्चमा आफूले हवाइजहाज नचढ्ने घोषणा गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री बस्नेतले मुलुकलाई हित हुनेबाहेक अरु कुरामा विदेश पनि नजाने समेत बताए । “हिजो गाविस हुँदा मोटरसाइकल चढ्थेँ, एक लिटर तेल पनि लिइन, अहिले मन्त्री हुँदा सरकारी खर्चबाट प्लेन चढ्दिन, आर्थिक प्रलोभन हुने कुनै काम गर्दिन” उनलले भने ।
मन्त्री बस्नेतले औद्योगिक क्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्न ट्रेड युनियनका पदाधिकारीसँग वार्ता गरी समझदारी कायम गर्ने र बन्द र रुग्ण उद्योगको सञ्चालन तथा औद्योगिक क्षेत्रभित्र भौतिक पूर्वाधार विकास गर्नेतर्फ जोड दिइने पनि बताएका छन् ।
मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उद्योगलाई कसरी सुविधा दिने भन्नेमा मन्त्रालय लागिपरेको जानकारी दिँदै नजिँकिदै गरेको चाडपर्वलाई ध्यानमा रखी उपभोग्य वस्तुको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह गरेका थिए ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारीसहितको टोलीले उद्योग क्षेत्रमा सुरक्षित लगानीको वातावरण सिर्जना गर्न तथा रुग्ण उद्योग फस्टाउने र विदेशी लगानी भित्रने वातावरण बनाइदिन मन्त्रीसमक्ष आग्रह गरेको थियो । अध्यक्ष श्रेष्ठले सार्वजनिक निजी साझेदारीलाई अझ प्रभावकारी बनाउन दिए । रासस
 |
Category:
political
0 comments