Hindi Films

हवाई आक्रमणमा कमाण्डरसहित कम्तीमा ३० को मृत्यु

Unknown | 09:07 | 0 comments

२२ मङ्सिर, पाकिस्तान । पाकिस्तान सैनिकले सधैँ अशान्त भइरहने उत्तर–पश्चिम पाकिस्तानमा गरेको हवाई आक्रमणमा आतङ्ककारीका प्रमुख कमाण्डरसहित कम्तीमा ३० जनाको मृत्यु भएको समाचार छ । उत्तरी वाजिरिस्तान आदिवासी जिल्लाको दत्ता खेल क्षेत्रमा आइतबार अबेर राती पाकिस्तानी सैनिकले गरेको सो हवाई आक्रमण आतङ्ककारी समूहका सेनापति हाफिज गुरबहदुर र उनका सहयोगी सिदिक नुरलाई लक्ष्यगरी गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । दुबै हक्कानी सञ्जालसँगआवद्ध रहेको आशङ्का गरिएको छ । यी दुबैले छिमेकमा पर्ने राष्ट्र अफगानिस्तानमा अमेरिकी र नेटो विरुद्ध गरिने आत्मघाती बम आक्रमणमा लडाकू पठाउने गरेका जनाइएको छ । दर्जनौ कमाण्डर र लडाकू समूहबीच भईरहेको संयुक्त छलफलको क्रममा भएको सो आक्रमणमा कम्तीमा ३० आतङ्ककारी मारिएको एक लडाकू स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । एक गुप्तचर स्रोतले यस इलाकामा हवाई आक्रमण भएको र मृतकको सङ्ख्या पुष्टि गरेको छ । सो स्रोतले बहदुर र नुरको भने मृत्यु भएको औपचारिक पुष्टि भइनसकेको बताएको छ । तर दोस्रो सुरक्षा अधिकारीले भने सो सुचना पुष्टि गर्नको लागि कोशिस जारी रहेको एएफपीलाई जानकारी दिएको छ । यस इलाकामा तालिवान र अल कायदासँग आवद्ध आतङ्ककारी विरुद्ध पाकिस्तानी सैनिकले गत जुनदेखि नै कारबाही गर्दैआएका छन् । यस इलाकामा सन् २००० देखि नै अल कायदा र तालिवान आतङ्ककारी समूहले बलियो प्रभाव रहँदै आएको छ । पाकिस्तानी सैनिकले गत जुनदेखि यस इलाकामा गरेको भिषण कारबाहीको क्रममा एक हजार ५६० आतङ्ककारीको मृत्युृ भएको जनाइएको छ । त्यसै गरी सोही कारबाहीको क्रममा १२५ जना सैनिकले पनि ज्यान गुमाउनु परेको बताइएको छ । रासस ,एएफपी

Category:

0 comments