Hindi Films

प्रधानमन्त्री यस्तो भनाइ प्रचण्डलाई ''तपाईंहरू उचाल्नुहुन्छ, केसी उचालिन्छन्''

Unknown | 07:34 | 0 comments



फोटो :अन्‍नपूर्ण ( ९ दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीलाई समर्थन गर्दै सोमबार एमाओवादी अध्‍यक्ष पुष्‍पकमल दाहाल ।)
काठमाडौं : मेडिकल शिक्षालाई व्यवस्थित गर्न नौ दिनदेखि अनशन बसिरहेका चिकित्सकप्रति संवेदनहीन रूपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार बिहान डा. गोविन्द केसीलाई प्रतिपक्षी, विभिन्न समूह र जनताले उचालेको टिप्पणी गरेका छन्।
 
एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालासँग टेलिफोन स पर्क गरी डा. केसीको माग पूरा गरी उनको अनशन तोडाउन आग्रह गरेका थिए। 

सोमबार बिहान शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै उनका सबै मागप्रति समर्थन व्यक्त गरेका दाहालले तत्कालै टेलिफोन गरी प्रधानमन्त्रीलाई भने, 'तत्काल केसीको अनशन अन्त्यका लागि सरकारले विशेष पहल गर्नुपर्‍यो, अनशन तोडाउनुपर्‍यो।'
 
स्रोतका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले केसीको माग पूरा गर्न प्रक्रिया थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, 'तपाईंहरू उचाल्नु हुन्छ, जनताले पनि उचाल्छन् र केसी स्वयं उचालिनुहुन्छ। त्यसैले समस्या आइरहन्छ।'
 
प्रधानमन्त्रीसँग आक्रोशित हुँदै दाहालले केसीको स्वास्थ्य अत्यन्त कमजोर भएकाले तत्काल उपयुक्त वातावरण बनाउँदै अनशन तोडाउन पहल गर्न सुझाव दिए। प्रधानमन्त्रीले आफू यसबारे ग भीर भएको जबाफ दिएको स्रोतले बतायो।
 
दाहालसँग केसीले शिक्षण संस्थाका नाममा भएका अनियमितता रोक्न राजनीतिक स्तरबाट सहयोगको अपेक्षा राखेका थिए। केसीले आमनेपालीबीच संक्रमणका रूपमा रहेको भ्रष्टाचार र अनियमितता रोक्दै जनतामा सुशासनको प्रत्याभूति गराउन दाहाललाई आग्रह गरेका थिए। 
 
केसीसँग भेटेपछि दाहालले भने, 'उहाँका माग जायज छन्, यसलाई सरकारले तत्काल पूरा गर्नुपर्छ। म अहिल्यै प्रधानमन्त्रीसँग कुरा राख्ने छु।' त्यसपछि उनले प्रधानमन्त्रीलाई टेलिफोन गरेका थिए।
 
 
प्रधानमन्त्रीले त्यस्तो भनेकै होइनन्
 
डा. गोविन्द केसीको स्वास्थ्यस्थितिबारे चिन्ता गरेर कुरा गर्न गएका नागरिक समाजलाई 'प्रधानमन्त्रीले भने- डा. केसी मरे म के गरौं त ?' भनेर चैत १४ गते यस पत्रिकामा प्रमुख समाचार र १५ गते सम्पादकीयसमेत छापिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
 
उक्त भेटघाटमा प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारीपूर्ण शब्द र वाक्य प्रयोग गर्नुभएकै होइन। डा. केसीको जीवनलाई केही भइहाल्यो भने के गर्ने भनेर प्रधानमन्त्रीबाट चिन्ता व्यक्त भएको हो। 
 
यस भनाइको आशयलाई अन्यथा समाचार बनाइएकोमा सच्याउन अनुरोध गर्दछौं। तपाईंको जस्तो जिम्मेवार र गरिमामय पत्रिकाले यस्तो संवेदनशील विषयलाई लिएर समाचारको वास्तविकता पुष्टि नगरी उल्टो अर्थ लाग्ने गरेर समाचार सम्प्रेषण भएकोमा हामीलाई धेरै दु:ख लागेको छ।
 
उक्त भेटघाटमा सहभागी नभएका व्यक्ति दिलेन्द्रप्रसाद बडूको नामसमेत त्यस समाचारमा उल्लेख भएबाट पनि यसको विश्सनीयतामा प्रश्न उठेको छ।
चरण प्रसाईं
 
के भनेका हुन् त?
'मानवअधिकारवादी' र 'नागरिक समाज अगुवा' चरण प्रसाईंले चैत १४ गते अन्नपूर्ण दैनिकको प्रथम पृष्ठमा प्रकाशित समाचारको स्रोत 'को हो' भनी सम्पादकसँग फोनमार्फत सोधिखोजी गरेको भोलिपल्ट 'त्यस्तो गैरजिम्मेवार शब्द र वाक्य प्रधानमन्त्रीले प्रयोग गर्नुभएकै छैन' भन्ने दाबी गर्नुभएको छ। 
 
प्रधानमन्त्रीको निजी सचिवालयले चैत १४ गते नै जारी गरेको आफ्नो स्पष्टीकरणमा उक्त समाचारको कुनै खण्डन गरेको छैन। दिलेन्द्रप्रसाद बडूको उपस्थिति नभएको प्राविधिक विषयलाई आधार बनाएर समाचारको विश्वसनीयतामा प्रश्न उठाएका प्रसाईंले प्रधानमन्त्रीसँग भएको वार्ता र अभिव्यक्तिलाई किन सार्वजनिक नगर्ने?
 
प्रसाईंले भनेजस्तै 'डा. केसीलाई केही भइहाल्यो भने के गर्ने?' भनी प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभएको हो भने प्रसाईंलगायतको सुझाव के थियो त डा. केसीलाई केही भइहालेको खण्डमा? सायद जनताको जान्ने अधिकारलाई सम्मान गर्नुहोला कि नागरिक समाजका अगुवाले?
 
युवराज घिमिरे


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments