Hindi Films

अफ्रिकी मुलुकमा पुर्याइएका नेपाली चेली मुजुरा नाच्दै

Unknown | 00:57 | 0 comments

लागोस, १० साउन । अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफ्रिकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाइरहेको गिरोहले ‘मुजुरा नाच’ देखाउन भन्दै अफ्रिकी मुलुकहरूमा नेपाली चेली ओसार्ने क्रम बढेको छ। नेपालीका लागि ‘अनअराइभल भिसा’ दिइने अफ्रिकाका केन्या र तान्जानियामा त्यसरी ल्याइएका युवती नक्कली कागजात, ‘ओभर स्टे’ र भिसाविहीन हुँदा जेलसम्म पुग्ने गरेका छन् । ‘केन्याको पार्कलेन भन्ने ठाउँका डान्स रेस्टुराँमा मुजुरा नाच्ने १४ नेपाली युवतीलाई कागजातहीन अवस्थामा जेलमा हालिएको थाहा भयो,’ केन्यास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि कुलबहादुर कार्कीले भने, ‘भारतीय मूलका केन्याली रेस्टुराँ मालिकले जनही अढाई लाख रुपैयाँ धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन्। तर काम गर्ने अनुमतिपत्र (वर्क पर्मिट) तत्काल नबनेमा उनीहरू फेरि जेल जाने अवस्था छ ।’ कार्कीसहित हालै केन्यामा नियुक्त अवैतनिक नेपाली काउन्सेलर जिम्मी आस्करले उनीहरूलाई निकाल्न पहल गरेका थिए । केन्याको सीमावर्ती मुलुक तान्जानियाका डान्स रेस्टुराँमा समेत नेपाली नर्तकीको संख्या बढेको गैरआवासीय नेपाली संघका प्रतिनिधि भरत रिजालले जानकारी दिए । ‘थाहा भएसम्म दारेसलामस्थित ६ वटा डान्सबारमा ९० जति नेपाली केटी छन्,’ उनले भने, ‘तर उनीहरू वर्क पर्मिटबिनै काममा छन् भन्ने थाहा भएको छ ।’ तलको बक्स मा क्लिक गरि हेर्नुहोस त भिडियो मा ।

Category:

0 comments