Hindi Films

अब टेलिफोनका नम्बर परिवर्तन हुने

Unknown | 01:43 | 0 comments

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने भएको छ । सोका लागि प्राधिकरणले नयाँ राष्ट्रिय नम्बरिङ योजनाको तयारी थालेको छ । talking on phone प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बरलाई समयानुकुल परिवर्तन गर्न र व्यवस्थित पार्न नयाँ योजनाको तयारी थालेको हो । त्यसका लागि योजनाको मस्यौदासमेत तयार पारिसकिएको प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिएको अभियान दैनिकमा खबर छ । ‘नम्बरिङ योजनाको मस्यौदा तयार पार्न गठित समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाईसकेको छ,’ उनले भने, ‘छलफल र अन्तरक्रियाबाट मस्यौदालाई अन्तिमरुप दिई चालू आर्थिक बर्षबाटै यो योजना लागू गरिनेछ ।’ प्राधिकरणले ३ बर्ष अघिदेखि नै यस्तो योजनाको तयारी थाले पनि त्यसले पूर्णता पाउन सकेको छैन् ।

Category:

0 comments