स्वदेशी पर्यटकबाट धानिएको र्याफि्टङ व्यवसाय
![]() |
२६ असोज, काठमाडौं । नेपाल एडभञ्चर टुरिजममा ख्याती कमाएको मुलुक हो । यहाँको एडभञ्चर टुरिजममा रमाउन दैनिक सयौं विदेशी पर्यटकहरु नेपाल भित्रिने गर्छन् । पछिल्लो समय स्वदेशी पर्यटकहरु समेत एडभञ्चर टुरिजममा आकषिर्त हुँदै गइरहेको व्यवसायीहरुको अनुभव रहेको छ ।
नेपालमा खासगरी र्याफि्टङ, प्याराग्लाइडिङ, बञ्जीजम्प, रक क्लाइम्बिङ, माउन्टेन क्लाइम्बिङ, टे्रकिङ, क्यानोनिङ, उच्च हिमाली क्षेत्रमा म्याराथुन, साइक्लिङ लगायतका एडभञ्चर टुरिजममा विश्व प्रशिद्ध रहेको छ । यसमा पनि र्याफि्टङ सबैभन्दा चर्चामा रहेको पाइन्छ । नेपाल र्याफि्ङमा प्रशिद्धि कमएको देश हो । प्रकृतिले नेपाललाई र्याफि्टङको बरदान दिएको व्यवसायीहरु बताउँछन् ।
नेपालमा त्रिशुली, भोटेकोशी, कालीगण्डकी, बुढीगण्डकी, सेती, सुनकोशी, कर्णाली, भेरी, महकाली लगायतका नदिहरु र्याफि्टङका लागि उत्कृष्ट मानिने नेपाल र्याफि्टङ एजेन्ट्स एशोसियसन अफ नेपाल (नारा) का निवर्तमान अध्यक्ष नानीकाजी श्रेष्ठ बताउनुहुन्छ । त्यसमा पनि भोटेकोशी नदिन र्याफि्टङका लागि विश्वका १० नदिहरुमध्येमा पर्छ । यी नदिहरुमा र्याफि्टङ गर्न जानेहरुको संख्या पछिल्लो समयमा हृवात्तै बढ्न थालेको उहाँले बताउनुभयो ।
पछिल्लो समय र्याफि्टङ गर्न विदेशीमात्र नभएर स्वदेशी पर्यटकहरु पनि आकषिर्त हुँदै गएको पाइन्छ । खासगरी काठमाडौंबाट छोटो दुरीमा पर्ने त्रिशुली र भोटेकोशीमा र्याफि्टङ गर्न जानेहरुको भिड बाक्लो छ । नाराका अध्यक्ष चन्द्र दाहालका अनुसार अहिले र्याफि्टङ व्यवसाय स्वदेशी पर्यटकहरुले धानिरहेका छन् । नेपालीहरुमा र्याफि्टङप्रति आकर्षण बढ्दै गइरहेको छ ।
त्यसो त र्याफि्टङ गर्ने सिजन पनि सुरु भइसकेको छ । विदाका दिनहरुमा र्याफि्टङ गर्न जानेहरुको संख्या अन्य बेलामा भन्दा बढी हुन्छ । र्याफि्टङ गर्न जानका लागि दशैं-तिहारको विदा उत्कृष्ट अवसर हुन सक्छ । कतिपय व्यवसायीहरुले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि विभिन्न प्रकारका प्याकेजहरु बनाएका छन् । विदा कहाँ गएर मनाउने भन्दै घोत्लिरहेकाहरु र्याफि्टङ गएर मज्जा लिन सक्ने व्यवसायीहरु बताउँछन् ।
र्याफि्टङ गर्दै टिका लगाउने अवसर
र्याफि्टङ स्टारले दशैंका लागि भनेर फरक खालको र्याफि्टङ प्याकेज बनाएको छ । कम्पनीका सञ्चालक इन्द्र राईका अनुसार न्यूनतम २४ जनाको टिमलाई भोटेकोशीमा र्याफि्टङ गर्दै टिका लगाउन र खसी काटेर रमाइलो भोज खाने व्यवस्था गरिएको छ । १ रात २ दिनको यो प्याकेजमा २४ जना अनिवार्य रुपमा हुनुपर्ने छ । यो प्याकेजमा र्याफि्टङ गर्दै टिका लगाउन जान चाहानेहरुले प्रतिव्यक्ति ३५ सय रुपैयाँ तिर्नुपर्ने राईले जानकारी दिनुभयो ।
त्यस्तै, कम्पनीले विद्यार्थीहरुका लागि भनेर एक दिनको र्याफि्टङ प्याकेज ल्याएको छ । यस प्याकजेअन्तर्गत विद्यार्थीहरुले भोटेकोशीमा र्याफि्टङ गर्दै टिका लगाएर खसी काटी खान पाउनेछन् । विद्यार्थीलाई यो प्याकेज प्रतिव्यक्ति २५ सय रुपैयाँमा उपलब्ध गराएको कम्पनीका सञ्चालक राईले जानकारी दिनुभयो । यस प्याकेजअन्तर्गत जान चाहानेहरुले ४४१३९०१, ४४१४१२७ मा सम्पर्क गर्न सक्नेछन् ।
दुरीअनुसार र्याफि्टङ प्याकेज फरक
राजधानीबाट सबैभन्दा नजिकको दुरीमा रहेको त्रिशुलीमा र्याफि्टङ गर्न विदेशीहरुले न्यूनतम २० डलर र स्वदेशी पर्यटकले १८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो शुल्क तिरेपछि पर्यटकहरुले यातायातको सुविधा, लञ्च, ३ देखि ४ घण्टा र्याफि्टङ सुविधा पाउँछन् ।
त्यसैगरि, भोटेकोशीमा र्याफि्टङ गर्नका लागि विदेशीले प्रतिव्यक्ति ५० डलर र स्वदेशीले प्रतिव्यक्ति २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । १ दिनको यस प्याकेजमा जानेहरुले यातायाता, र्याफि्टङ, लञ्चको सुविधा प्राप्त गर्नेछन् ।
भोटेकोशी पछि र्याफि्टङका लागि प्रशिद्ध मानिने कालिगण्डकीमा ३ दिनको टि्रप बनाएर जानुपर्ने हुन्छ । नाराका निवर्तमान अध्यक्ष थापाका अनुसार कालिगण्डकीमा र्याफि्टङ गर्न जानेले ३ दिनको १५० डलरको हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । पछिल्लो समय कालिगण्डकीमा र्याफि्टङ गर्न जानेहरुको संख्या निकै बढेको पाइन्छ ।
कर्णली लामो दुरीको यात्रा गरेर पुगिने नदि हो । यहाँ र्याफि्टङ गर्न जानका लागि १० देखि १२ दिनको टि्रप बनाउनुपर्छ । यहाँ गएर र्याफि्टङ गर्न कम्तिमा ६५० डलर लाग्ने थापाले बताउनुभयो । त्यस्तै, ९ दिनको टि्रप बनाएर पुगिने सुनकोशीमा र्याफि्टङ गर्नका लागि ४५० डलर बुझाउनुपर्ने हुन्छ ।
![]() |
Category: News
0 comments