काँग्रेस नेतृत्वमा एमाले-माओवादीसहितको सरकार : सिंह
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले शनिवार विहान आयोजना गरेको सभासद सम्मान कार्यक्रममा सिंहले समानुपातिकतर्फका सभासद चयन गर्न कृही ढिलाई भएकाले पनि सरकार गठनको ठोस आधार तयार हुन नसकेको वताउनुभयो । उहाँले भन्नुभयो,’एमालेसहित एमाओवादी लगायत उसको मोर्चामा रहेका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनु पर्ने बाध्यता काँग्रेससामू छ । यसका लागि हामीले विशेष पहल गरिरहेका छौँ । समानुपातिको सूची बुझाउने वित्तिकै नयाँ सरकार गठन हुन्छ ।’
सिंहले काँग्रेसले एक वर्षभित्रैमा जनतालाई संविधान दिनका लागि सक्दो पहल कदमी चाल्ने वताउनुभयो । उहाँले भन्नुभयो,’एक वर्षमा संविधान जारी गर्न हामीलाई जनताले म्यान्डेट दिएका छन् । त्यसको सम्मान गर्दै काँग्रेसले सबै दललाई मिलाएर लैजाने प्रयास गरिरहेको हो ।’ अघिल्लो संविधानसभावाट सहमतिकै रटानमात्रै लगाएकाले संविधान बन्न नसकेको स्मरण गर्दै उहाँले सहमतिका नाममा यसपटक त्यस्तो गल्ती नदोहोर्याउने वताउनुभयो । उहाँले सहमतिका आधारमा नभए प्रक्रियागत ढंगवाट बहुमतका आधारमा विवाद समाधान गरिने स्पष्ट पार्नु भयो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments