Hindi Films

महाराजगञ्जदेखि बबरमहल : अल्मलिए तीन दलका नेता

Unknown | 00:44 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
७ पुस, काठमाडौं । एकाविहानै राजधानीको चिसोमा आइतबार एमाले र कांग्रेसका शीर्ष नेताहरु महाराजगञ्जस्थित सुशील कोइराला निवासमा जम्मा भए । त्यहाँ केहीबेर छलफल गरेपछि भनियो, पुस १० गते नै समानुपातिक सभाससदको सूची निर्वाचन आयोगमा बुझाउने र राजनीतिक विवादहरु संविधानसभाभित्रैबाट हल गर्ने सहमति भयो ।

महाराजगञ्जबाट उत्साही भएर निस्केका एमाले नेताहरु बिहानको भात खान घर नभई सीधै बबरमहलस्थित शान्तिकोषको सचिवालयतर्फ हानिए, जहाँ एमाओवादीका शीर्ष नेताहरुसँग दुईदलीय छलफल गर्ने टुंगो गरिएको थियो । एमाओवादीसँगको बैठकमा एमाले नेताहरुले महाराजगञ्जनिर्मित प्रस्ताव राखे, १० गतेभित्रै निर्वाचन आयोगमा सभासदको नाम पठाऔं र संविधानसभाभित्रै छलफल गरेर विवादहरु समाधान गरौं । स्रोतहरुका अनुसार एमालेको अर्को प्रस्ताव थियो, यसका लागि आजै बेलुका तीन दलको बैठक बसौं ।
तर, एमाले नेताहरुलाई एमाओवादीका नेताले बबरमहलबाट चिसोपानी खन्याएर पठाइदिएका छन् । पहिले हामी कांग्रेससँग छलफल गछौर्ं, त्यसपछि तीन दलको बैठक बसे पनि बसौंला, उच्चस्तरीय राजनीतिक समितिकै बैठक गर्नुपरे पनि गरौंला । आफूहरुले उठाएका मागको तत्कालै सम्बोधन नगरी संविधानसभाबाटै समाधान गर्ने भन्ने एमालेको प्रस्ताव पनि एमाओवादी नेताहरुले अस्वीकार गरेपछि एमाओवादी-एमाले बैठक निश्कर्षविहीन बन्न पुग्यो ।
एकअर्कामा अविश्वास
आइतबार शिहानको भात खाने समयमा बबरमहलमा भेला भएका एमाले र एमाओवादीका नेतावीच आपसमै विश्वास र भरोसा थिएन । नेपाली कांग्रेससँग एमाओवादीले भित्री रुपमा साँठगाँठ गर्न लागेको भन्ने धङधङी एमाले नेताहरुमा थियो भने एमाओवादी नेताहरुमा चाँहि कांग्रेससँग हुनै लागेको पाँचबुदे सहमतिप्रति एमाले बाधक रहेको बुझाइ थियो । यो अवस्थामा कांग्रेसको उपस्थिति निवै बसेको एमाओवादी-एमाले बैठक छोटो समयमा आफ्ना कुरा राखेर विनानिश्कर्ष टुंगियो ।
गडबडी कहाँबाट भयो ?
केही दिन अघिमात्रै विशेष गरी कांग्रेस र एमाओवादीका नेताहरुवीच पाँचबुदे सहमति हुनै लागिसकेको थियो । पाँचबुले एजेन्डामध्ये ३ वटा बुँदामा सहमति भैसकेको थियो भने दुईवटा बुँदामा सहमति हुन बाँकी थियो । तर, यसमा एमाले नेताहरुको सहमति देखिएको थिएन । धाँधलीबारे संसदीय छानविन समिति समेत बनाउन नहुने एमालेका केही नेताबाट आवाज उठिरहेको थियो । यसैवीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो र त्यहाँ नेताहरुले पाँचबुदे सहमतिको चर्को आलोचना गरेपछि कांग्रेसको संस्थापन पक्ष पनि एककदम पछि हटेर एमालेकै लाइनमा आइपुग्यो ।
नेपाल कांग्रेसभित्र निर्वाचनको धाँधलीबारे आयोग बनाउनै हुँदैन र एमाओवादीसँग झुक्नु हुँदैन भन्ने एउटा धार जवरजस्त विकास भएको छ । उता खुमबहादुर खड्का लगातका केही नेताहरुको लाइन चाहिँ एमालेसँग मिल्नुको साटो एमाओवादीसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने देखिएको छ । यो अवस्थामा नेपाली कांग्रेसभित्रै सहमतिको एजेन्डामा एकरुपता देखिन नसक्दा हुनै लागेको सहमति पनि वीचैमा भाँडिएको छ । एमालेको भूमिका पनि मिलाउनेतर्फ प्रभावकारी देखिन सकेको छ ।
एमाओवादी र नेपाली कांग्रेसवीच पुन आइतबार बेलुका छलफल हुने बताइएको छ । यसले एमालेलाई झनै सशंकित बनाउने सम्भावना छ । किनभने एमाले नेताहरु यसअघि नै कांग्रेस र एमालेवीच साँठगाँठ हुन लागेको भन्दै सशंकित भैसकेका छन् । यिनै आपसी शंका-उपशंकाका कारण तीन दलको वार्ता प्रयासले महाराजगञ्जदेखि बबरमहलसम्म गोलचक्कर मारिरहेको छ । जनताले भोट दिएर जिताएको महिना दिन नाघिसक्दा पनि ठूला दलका नेताहरुको व्यवहार र चरित्र बाह्रवर्ष कुकुर पुच्छर ढुंग्रामा राखेको आहानजस्तै भइरहेको छ । यसले जनतालाई चाँडै निराश बनाउन थालेको छ

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments