Hindi Films

अस्ट्रेलियामा समुद्रमा डुबेर नेपालीको मृत्यु

Unknown | 07:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला अस्ट्रेलिया– मेलवर्न सहरनजिक गिप्सल्यान्डस्थित लेक टायर्स बिचमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ। १४ मंगलबार दिउसो साथीहरूसँग समुद्रमा पौडी खेल्न क्रममा छालमा परेर चितवनका जीवलाल बसेलको निधन भएको भिक्टोरिया राज्यका लागि नेपाली अवैतानिक महावाणिज्यदूत चन्द्र योन्जनले जनाए। बसेलको परिवारसँग सम्पर्क र सहयोगबारेसँग छलफल भइरहेको उनले बताए। सन् २००९ मा अस्ट्रेलिया आएका बसेल अध्ययन सकेर स्पोन्सर भिसामा थिए। सोमबार र मंगलबार दुई दिनको छुट्टी मनाउन उनी छिमेकी र साथीहरूसँगै गिप्सल्यान्ड गएका थिए। गैरआवासिय नेपाली संघ भिक्टोरी शाखाका संयोजक ऋषि कँडेलले घटनाबारे बसेलको परिवारलाई खबर भइसके पनि शव नेपाल पठाउने वा मेलवर्नमै अन्त्येष्टि गरिने भन्ने निर्णय भइनसकेको बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments