एसएलसीमा बढी अंक ल्याउने सञ्जोग र दृष्टि
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ जेठ, काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीका छात्र सञ्जोग कार्की र अक्सिडेन्टल पब्लिक स्कूलकी छात्रा दृष्टि गिरीले एसएलसी परीक्षामा समान ५ सय ५३ अंक ल्याएका छन् ।
सम्भवत दुबै सबैभन्दा बढी अंक ल्याएर एसएसली उत्तीर्ण भएका हुन् । दुवैले ९४ दशमलब १२५ प्रतिशत अंक ल्याएका हुन् ।
सञ्जोगले अंग्रेजीमा ९०, नेपालीमा ८८, गणितमा ९९, विज्ञानमा ९४, सामाजिकमा ९१, स्वास्थ्यमा ९२, अतिरिक्त गणितमा ९९ र कम्प्यूटर साइन्समा १०० अंक ल्याएका छन् । गिरीले अंग्रेजीमा ९५, नेपालीमा ८८, गणितमा ९९, विज्ञानमा ९७, सामाजिकमा ८४, स्वास्थ्यमा ९३, अतिरिक्त गणितमा ९८ र कम्प्यूटर साइन्समा ९९ ल्याएकी छन् । कार्कीले प्याब्सनद्वारा सञ्चालित एसएलसी अघिको सेन्टपमा काठमाडौं जिल्लाको सर्वोत्कृष्ट भएका थिए ।
कार्कीले आफू भविष्यमा खगोलवैज्ञानिक बन्ने लक्ष्य लिएको बताउनुभयो । कपनमा रहेको रिलायन्स एकेडेमीका प्रिन्सिपल खेमलाल भुसालले विद्यार्थीको मेहनत तथा शिक्षक अभिभावकको सहयोगका कारण यो नतिजा आउन सकेको बताए ।
काठमाडौं अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलकी छात्रा गिरीले विज्ञान पढेर एमवीवीएस गर्ने योजना रहेको बताइन् ।
परीक्षा नियन्त्रण कार्यालयले भने सर्वाेत्कृष्ट विद्यार्थी घोषणा गर्ने परम्परा कायम राखेको छैन । शुक्रबार सार्वजिक परीक्षाफलमा ४३.९२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments