चुलोचौको गर्दै मध्यपश्चिममा सर्वाधिक बढी अंक ल्याउने यी बिधार्थीको यस्तो थियो कारुणिक कथा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सुर्खेत– आमाले उनलाई सधैँ भन्ने गर्थिन्– 'बाबु पढेर फस्ट आउनु पर्छ है।' विडम्बना! दस वर्षको छँदा रुखबाट लडेर आमाको निधन भयो। त्यतिबेला नारायण शाह कैलालीमा पाँच कक्षामा पढ्थे।
आमाको दुःखद घटनापछि नारायण बुवा र भाईबहिनीसँगै सुर्खेत आए। उनलाई उपत्यकाका नामी निजी विद्यालयमा पढ्ने रहर नभएको होइन। तर, कमजोर आर्थिक अवस्थाको कारण परिवारले भरखरै खुलेको गाउँकै हार्भेस्टमुन स्कुल छान्यो।
समाचार सार
अछाममा जन्मेहुर्केका नारायण शाहले सुर्खेतको हार्भेष्टमुन विद्यालयबाट ९३.३७ नम्बर ल्याएका छन्। यो संभवतः मध्यपश्चिमको सर्वाधिक र नेपालमा दोस्रो बढी भएको विद्यालयले जनाएको छ
त्यही स्कुलबाट उनले ७४७ नम्बर (९३ दसमलब ३७ प्रतिशत) ल्याएर एसएलसी उत्तीर्ण गरेका छन्। यो अंक संभवतः मध्यपश्चिममा सर्वाधिक बढी हो। 'अहिले आमाको सपना पुरा गरेजस्तो लागेको छ,' नतिजापछि भावुक बनेका उनले भने, 'सबैभन्दा बढी आमालाई मिस गरिरहेको छु।'
अछाममा जन्मे–हुर्केका नारायण परिवार कैलालीको बलियामा बसाइँ सरेपछि त्यहाँ गएका हुन्। परिस्थितिले सुर्खेत पुर्या एपछि उनको मनमा आमाको सपना पुरा गर्ने अठोट गहिरोसँग गड्यो। वातावरण भने त्यति मिल्दो थिएन। बुवा रामबहादुर व्यापारको सिलसिलामा बाहिर गइरहने। भाईबहिनीको स्याहार–सुसारदेखि पढाईसम्म रेखदेख गर्ने जिम्मा उनको काँधमा आइलाग्यो। 'म घरमा आएर त पढ्नै पाउँथेन, चुलोचौको गर्दै समय बित्थ्यो,' उनले भने, 'जति पढ्यो स्कुलमै पढियो, स्कुलको राम्रो वातावरणले यहाँसम्म ल्याई पुर्याडएको हो।' कुनै पनि विद्यार्थीको सफलताको लागि विद्यालयको वातावरणले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
उनी सफलताको सबैभन्दा ठूलो आधार आमाको प्रेरणालाई दिन्छन्। अछाम बाटुलासेनबाट बसाइँ सरेर कैलाली गएका उनले त्यहीँको एक सरकारी स्कुलबाट पढाई थालेका हुन्। 'आमाले 'तिमी काम नगर, राम्रोसँग पढे पुग्छ' भन्नुहुन्थ्यो,' १५ वर्षीय नारायण अहिले पनि सम्भि्कन्छन्, 'मैले उहाँको त्यही स्नेह सम्झेर काम गर्दै भए पनि पढेर आमाको सपना पुरा गरेँ।' कैलालीको सरकारी स्कुलमा पढ्दा दोस्रो स्थानमा सीमित हुने आफू सुर्खेत आएपछि भने कक्षामा सँधै पहिलो भएको उनले बताए। घरको कमजोर अवस्थाबीच पनि पढाईमा हौसला र सहयोग प्रदान गर्ने बुवा र कान्छी आमा प्रतिभाप्रति उनी आभार व्यक्त गर्छन्।
नारायणको अबको लक्ष्य डाक्टर बन्ने हो। यसको लागि कहाँ–कुन कलेजमा पढ्ने भन्ने योजना बनिसकेको छैन। जहाँ राम्रो स्कलरशीप पाइन्छ, त्यहीँ पढ्ने उनले बताए। 'घरको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्ने क्षमता छैन,' उनले भने, 'जुन कलेजले राम्रो स्कलरशीप दिन्छ, त्यहीँ पढ्नु पर्ला।'
बुवा रामबहादुर छोराको सफलताले दंगमात्र छैनन्, भविष्यको चुनौतीले उत्तिकै घेरिएका छन्। कहीँबाट आर्थिक स्रोत नजुटे घरखेत बेचेर भए पनि पढाउने उनको अठोट छ। 'छोराले यति राम्रो नम्बर ल्याएर एसएलसी पास गरेको छ,' उनले भने, 'जसरी भए पनि उसको सपना पुरा गर्ने वातावरण मिलाउँछु।'
अछामको जग्गाजमिन बेचेर कैलालीमा बसाइँ सरेका रामबहादुर श्रीमतीको मृत्युपछि सुर्खेत आएका हुन्। यहाँ उनी ६ छोराछोरीसहित भाडाको कोठामा बस्दै आएका छन्। कपडाको खुद्रा पसल गर्दै आएका उनले उल्टै ऋण लागेपछि तीन महिनाअघि व्यापार छोडे। '६/सात लाख रुपैयाँ ऋण छ,' उनी भन्छन्, 'तैपनि छोरालाई पढाउने अठोट मरेको छैन।'
विद्यालयका प्राचार्य सीता भट्टराईले नारायण विद्यालयमा आएदेखि राम्रो विद्यार्थीको रुपमा दर्ज भएको बताइन्। त्यसैले त छ कक्षामा भर्ना भएका उनलाई विद्यालयले अर्को वर्ष सिधै आठ कक्षामा राखेको थियो। 'कक्षा चढाउँदा पनि उनी आठ कक्षाको जिल्ला स्तरीय परीक्षामा ९६ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भए,' उनले भनिन्, 'उनको मनमा पढेर केही गर्नुपर्छ भन्ने भावना थियो।'
विद्यालयका अनुसार नारायणले अंग्रेजीमा ८९, नेपालीमा ८५, गणितमा १००, विज्ञानमा ९६, सामाजिक शिक्षामा ८९, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९२, अतिरिक्त गणितमा ९९ र कम्प्युटर साइन्समा ९७ अंक ल्याएका छन्।
हार्भेस्टमुनमा 'नारायण' संयोग
अघिल्लो वर्षको एसएलसीमा सुर्खेत जिल्ला प्रथम भएका नारायण आचार्य हार्भेष्टमुन स्कुलकै विद्यार्थी थिए। यस वर्ष पनि सोही विद्यालयका नारायण नाम गरेका विद्यार्थी सुर्खेतमात्र नभई, संभवतः नेपाल दोस्रो भएका छन्। 'यो विद्यालयलाई नारायण नाम फाप्ने देखियो,' प्राचार्य भट्टराईले ठट्यौली पारामा भनिन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments