Home �
News
� १८ महिनापछि फाप्लु विमानस्थलमा जहाज
Unknown |
10:23 |
0
comments
बिहीवार 9 असोज, 2071 |
सोलुखुम्बु, आश्विन ९ । सोलुखुम्बुको सदरमुकामस्थित फाप्लु विमानस्थलमा १८ महिनापछि विहीबार जहाज अवतरण गरेको छ । विमानस्थल कालोपत्रेका लागि २०६९ साल चैत्र १३ गतेबाट बन्द गरिएको थियो भने आज तारा एअरलाइन्सले परीक्षण उडान भरेको हो ।
विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा पुगेकोले दसैं–तिहारलाई ध्यान दिँदै विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गरिएको हो । विमानस्थल नियमित सञ्चालन हुने वा नहुने सम्बन्धमा २/३ दिनपछि मात्र निर्णय लिने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
विमानस्थलमा उडान भएपछि स्थानीयबासी भने अत्यन्तै खुसी भएका छन् । फाप्लु विमानस्थल नियमित हुन सके जिल्लाका ३४ गाविस र जिल्लामा भ्रमणका लागि आउने विदेशी नागरिकहरुलाई फाइदा पुग्नेछ ।
Category:
News
0 comments