Hindi Films

ममाथि चिया खन्याउनेलाई संगठनबाटै निष्काशन गर्नुपर्छ : एञ्जीला न्यौपाने

Unknown | 05:33 | 0 comments

नेपाली काँग्रेसले आफूलाई सबैभन्दा प्रजातान्त्रीक पार्टी भनेर दाबी गर्छ । ‘हिंसा गर्नु हुन्न भन्ने विपिको मूलमन्त्र हो’ भनेर धेरै नेताहरुले भन्ने गरेका छन् । तर पार्टीको आधार शक्तिको रुपमा रहेको विद्यार्थी संगठन र पिके क्याम्पसका नेतृ एन्जीला न्यौपानेले आफ्नै सहकर्मीबाट निर्ममता पूर्वक एक जग तातो चिया शरीर भरी विक्षिप्त बहाउनु पर्‍यो । उनी अहिले स्किन कियर हस्पिटलमा उपचाररत छिन कानुनी कार्वाहिको लागि प्रहरीमा समेत पुगिसकेकी छिन् । । रातोपाटीका सुदीप विश्वकर्माले उनीसंग गरेको कुराकानीको सम्पादीत अंश तपाईंलाई अहिले कस्तो छ ? म अहिले ठिक हुने प्रक्रियामै छु । म अहिले टिचिङस्थित स्कीन कियर हस्पिटलमा उपचार गराउदै छु । डक्टरले नियमित कियर गर्नुस् ठीक हुन्छ भन्नु भएको छ । तपाईं माथि भएको घटनाको पृष्ठभूमि के थियो ? पहिले देखि नै उनीहरुले यस्ता हर्कतहरु गर्दै आएका थिए । राजनीतिक रुपमा सबैलाई थाहा थियो । सर्वोच्चले स्ववियू सबै विघटन गरिसकेको अवस्था छ । सर्वोच्चको आदेश विपरित उनीहरुले (पिके क्याम्पसका स्ववियू सभापति)आफ्ना गतिविधि गरिरहेको छ । अहिलेसम्म स्ववियूकै सम्पतिमा रजाइ गरिरहेको छ । घटना चाहिँ के थियो ? महाधिबेशनलाई लक्षित गरेर हाम्रो संगठनले हरेक इकाइ पूनर्गठन गरेको थियो । साधना घिमिरेलाई हामीले सर्वसहमतिले संयोजक बनाएका थियौं । ३१ गते मंगलबार अनौपचारीक कार्यक्रम राख्ने, चिया खाने भन्ने कार्यक्रम थियो । अघिल्लो दिन उसले (स्वस्तिका पोख्रेल जसले चिया खनाए) ले पनि सहमति जनाएको थियो । भोलीपल्ट कार्यक्रममा आएर होइन मेरो बहिनिलाई पनि पोस्टमा राख्नु पर्छ भन्यो । अध्यक्ष ज्यूले सबैलाई दशैंको शुभकामना दिइरहनु भएको थियो । अध्यक्षलाई नै धकेलेर उसको बहिनी रमा आएर बोल्न थाल्नु भयो । सबैले चिया खाइरहेको बेला उसको कुरा मत्थर भयो । फेरि त्यहि समुहले अरुले खाइरहेको चिया खसाल्दै हिन्न थाले । कसैले बोल्यो भने उसै माथी प्रहार गर्न सूरु भयो । कसैलाई कुर्सी उठाएर हान्ने सुरु हुन थाल्यो जसका कारण एक जना बहिनी अहिले पनि घाइते हुनुहुन्छ । अर्को बहिनीको पनि शरिर भरि चिया खन्याइएको छ । रुपा भन्ने बहिनीलाई चिया खन्याइरहेको बेला मैले त्यसो नगर भनेर बहिनीलाई तान्न जाँदा जगमा भएको सबै चिया म माथी खन्याइयो । तपाईहरुको पाटी भित्र देखिएको गूटकै कारण यो घटना भएको हो त ? अहिले देउवा पक्ष भनेर उसको समुह जसरी लागि रहेको छ, त्यही कारणले यो घटना भएको जस्तै लाग्दैन । किनभने त्यो समुह भित्रको सदस्यहरुले पनि उसलाई त्यति धेरै सपोर्ट गरेको जस्तो लाग्दैन । यो रिसिबी नै हो जस्तो मलाई लाग्छ । तर तपाईंहरु दुई गुटको आन्तरिक कलहका कारण घटना घट्यो भनिन्छ नि ? होइन, हाम्रो पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले त पोख्रेलसंगको विषय वहाँको सरोकारै नभएको भनिसक्नु भएको छ । कौशिला भन्ने बहिनीले मेरोमा लिएर आएको हो तर मेरो सरोकार छैन भनिसक्नु भयो । तपाईंहरुको बीचमा व्यक्तिगत द्वन्द्व पनि थियो कि ? उसको इतिहासतर्फ जाने हो भने उसले कयौं पटक परिक्षा हलमा गएर कपि थूतेको पनि छ । त्यतिबेला परिक्षा दिने विद्यार्थीलाई पनि थाहा छ । ऊ चारित्रिक रुपमा अरुको हत्या गर्न चहान्छ । जस्तो म अहिले घाइते अवस्थामा छु । तर उसले मानवियताका नाताले यस्तो भएछ समेत भनेको छैन । उसको नियती नै त्यस्तो छ । तपाईंहरु विद्यार्थी नेता हुनुहुन्छ, तपाईंहरुको काखमा समाजको भविष्य फूलेको हुन्छ । आम विद्यार्थीलाई यस्तो घटनाले के राम्रो शिक्षा जान्छ ? यस्तो घटनाले पक्कै पनि राम्रो सन्देश जाादैन । धेरै नराम्रो विचारभन्दा थोरै राम्रो विचार उत्तम हुन्छ त्यहि विचारले समाजमा विजय पनि हासिल गर्नु पर्छ । यस्तो घटनाले विद्यार्थी राजनीतिमा एउटा दाग बसाल्न सक्छ । तपाईंको पार्टी प्रजातान्त्रीक पार्टी तर त्यही यस्तो घटना देखियो नी ? यस्तो घटनाको अन्त्य हुनुपर्छ । राजनीतिक रुपमा खास गरि बैचारीक द्धन्द हुनु पर्छ । कुटपीट मारामारको राजनीति अन्त्य हुनु पर्छ । तपाइहरु दुई मध्ये राजनीतिक अहोदामा को ठूलो हो ? म विद्यार्थी संगठनको केन्द्रिय सदस्य हुँ । सांगठनिक रुपमा ऊ भन्दा जुनियर नै हो । स्ववियुको म सचिव हुँ । उ सभापति हो । उमेरमा पनि मभन्दा उ धेरै सिनियर हो । तपाईंहरुको एकै समितिमा हुनुहुादो रहेछ विगतको गतिविधी पनि त यहाँलाई थाहा थियो होला नि ? उसले होस्टेल भित्रै पनि आम विद्यार्थीलाई मैले भनेको मान्दैनस् भने यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्ने गरेको छ । धेरै विद्यार्थीलाई डर त्रासमा राखेको छ । उसको पहिले देखिकै प्रवृति भनेको नराम्रो काममा विद्यार्थीहरुलाई परिचालन गर्ने गरेको थियो । तपाईंको संगठनले के गर्छ त ? संगठनले विज्ञप्ती निकालेको छ । कलेजबाट पनि कार्वाहि गर्नुपर्छ भन्ने आग्रह छ । पार्टीमा पनि हामीले निवेदन दिएका छौं । यो घटनलालाई लिएर शिर्ष नेतालाई पनि भेट्नु भयो होइन ? भटेको हो । ककसलाई भेट्नू भयो ? प्रम तथा सभापति सुशिल कोइरालालाई पनि भेट्यौं । शिर्ष नेता शेरबहादुर देउबालाई पनि भट्यौं । के भन्नु भयो ? सभापतिले जहिल्यै पिटाइ खाएर आउँछौ भन्नु भयो । प्रमले झगडा गर्ने मान्छे नेवि संघको कार्यकर्ता हुन सक्दैन भन्नु भयो । यस्तालाई नेवि संघमा राख्नुहुन्न भन्नु भयो । बरिष्ठ नेता देउवाले त्यो मान्छे मेरो नजिकको मान्छे होइन । एउटा कौशी भन्ने बहिनीले लेराएको मान्छे हो भनेर हल्का रुपले लिइदिनु भयो । कानुनी कार्वाहीको लागि के गर्नु भयो ? कलेज हेर्ने कमलपोखरी प्रहरीकोमा गयौं । त्यहाँको प्रहरीले कलेजमा पनि सुरक्षा दिइरहेको छ । आजै मात्रै प्रहरीले चिया खन्याउने स्वस्तीकालाई पक्राउ गरेर लगेको छ । अब के गर्ने तपाईंलाई चिया खन्याउनेलाई तपाईं के चहानु हुन्छ ? म कानुनी रुपमा पनि सबै कार्वाहि होस् भन्ने चहान्छु । यस्ता मान्छेलाई संगठनमा राखेर पनि काम छैन उल्टै संगठनकै बदनाम् हुन्छ । नेपाली काँग्रेस प्रति सबैको भरोसा छ तर यस्ता मान्छेले गर्दा काँग्रेस प्रति नै निराशा बढ्छ । व्यक्तिगत रुपमा मलाई घाउ देखिएको छ । तर यसले राम्रो सन्देश भने पक्कै जादैन । म यो घटनालाई आधार बनाएर पद माग्न जान यस्तो गरेको होइन । मलाई पार्टीले जे भन्छ त्यहि मान्छु ।

Category:

0 comments