Hindi Films

एमालेका तीन नेता तीनतिर भएपछि तीन दलको बैठक निष्कर्षविहिन

Unknown | 06:16 | 0 comments

काठमाडौं, असोज १३ – व्यवस्थापिक संसद खुलाउनका लागि विहानदेखि बसेको तीन दलको बैठक बिना निष्कर्ष टुगिंएको छ । बैठकको शुरुवातमै झापा जानुछ भन्दै एमालेका अध्यक्ष केपी ओली बाहिरिएपछि बैठक तितर– वितर भएको थियो । ओली बाहिरिएपछि अन्य नेताहरु पनि खाजा खान, खाना खान निष्केका थिए तर केहीबेर दुई दलमा पनि छलफल गर्न बसेका बैठक पनि विना निष्कर्ष टुंगिएको बताइएको छ । एमालेका नेता झलनाथ खनाल अमेरिकामा छन् भने अर्का नेता माधव नेपाल उपत्यका बाहिर रहेकाले एमालेको कारण बैठक कुनै निष्कर्षमा पुग्न सकेन । बैठकमा सहभागि एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले भने, काँग्रेस र एमाले सविधान निर्माणप्रति सकारात्मक नदेखिएका कारण बैठकले सहमति गर्न सकेन ।’ तीन दलको बैठक विना निष्कर्ष टुगिंएपछि अहिले तीनटै दलका नेताहरु सवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा छलफलका लागि बसेका छन् । त्यहाँ पनि समितिका सभापति डा.बाबुराम भट्टराईले संघीयतका तीन खाका ल्याएको प्रस्तावमाथि काँग्रेस र एमालेले असहमति जनाएका छन् ।कांग्रेस र एमालेले यो प्रस्ताव एमाओवादी र मधेसवादी दलको भएको हुनाले यसलाई स्विकार गर्न नसकिने भन्दै बैठक छाडेर हिँडेको सभासद हरिचरण शाहले बताए । तर यो समितीमा संघियताको विषय प्रवेश हुनु नै महत्वपूर्ण भएकाले सबैले त्यसको प्रशंसा गरेका थिए । सभापती भट्टराइले संघियताका लागि ८,९,१० प्रदेशका खाका प्रस्तुत गरेका थिए । उनले पेस गरेको प्रस्ताव विभिन्न विकल्प दिइएको छ। तराई मधेसमा दुई र पहाडमा आठ प्रदेशको प्रस्तावमा सबैको नाम प्रदेश संसद्ले राख्ने भनिएको छ । नौ प्रदेशको प्रस्तावमा तराइमा मिथिला भोजपुरा मधेस प्रदेश र थारुवान अवध लुम्बिनी प्रदेश प्रस्ताव गरिएको छ । त्यसैगरी पहाडमा लिम्बूवान मेची प्रदेश, किराँत कोशी प्रदेश, ताम्सालिङ सैलुङ प्रदेश, नेवा बाग्मती राजधानी प्रदेश, तमुवान गण्डकी प्रदेश, मगरात धौलागिरी प्रदेश र कर्णाली खप्तड खसान प्रदेश छ । आठ प्रदेशको प्रस्तावमा तराईका दुई नामकै प्रदेश राखिएको छ भने पहाडका मेची र कोशी प्रदेशलाई गाभेर किराँत लिम्बूवान कोशी प्रदेश बनाइएको छ । सहमतिको अन्तिम दिन भोली १४ गते अन्तिम दिन रहेकाले भोलीसम्म दलहरुले सहमतिका लागि प्रयास गर्नेछ । यद्यपी २१ गते विवादीत विषयमा छलफलका लागि प्रश्नावली तयार गरी जनतामा जाने कुरा रहेकाले त्यो दिनसम्म पनि सहमतिका लागि प्रयास हुने दलका नेताहरुले बताएका छन् । एमाओवादी, मधेशवादी दल तथा अन्य केही साना दलहरु सहमतिको आधारमा सविधान निर्माण गर्नुपर्ने पक्षमा रहेकाले सहमतिको प्रयास जारी राखेका छन् तर एमाले र काँग्रेसले सहमतिमा नभए प्रकृयामा जाने भनिसकेका हुनाले सहमति जुटाउन समस्या भएको बताइएको छ ।

Category:

0 comments