Unknown |
14:02 |
0
comments
नुवाकोट, १४ असोज । यस वर्षको बडादसैँको जमरा बेलकोट गाविसको वडा नं ३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राह्मण, क्षेत्री, मिजार, विश्वकर्माले संयुक्त रूपमा जमरा राखेर उमारिरहेका छन् ।
यस वर्ष मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढीमा रहेको मन्दिरमा बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले बताउनुभयो । “पुस्ताँैदेखिको चलनअनुसार गाउँलेले सामूहिक जमरा राखेका हुन्”, अध्यक्ष तिवारीले भन्नुभयो “जमरा राख्दा यो जात ऊ जात भन्ने चलन छैन ।”
सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद कम गराउन भूमिका खेलेको दलित अधिकारकर्मी बद्री मिजारले बताउनुभयो ।
सामूहिक जमराको परम्परा मन्दिरमा पृथ्वीनारायण शाहको पालादेखि रहँदै आएको बताइन्छ । शाहको पालादेखि नै मन्दिरमा बडादसैँ र अन्य पर्व पूजा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको छ ।
तर आजभोलि गुठी जग्गाबाट कुतबाली उठ्न छाडेपछि पूजा सञ्चालनमा निकै कठिनाई पर्दैआएको गाविसका निवर्तमान गाविस अध्यक्ष वासुदेव कडुवालले बताउनुभयो ।
Category:
News
0 comments