Hindi Films

सुनको भाउ तोलामा ९ सय बढ्यो, उकालो लाग्ने क्रम जारी

Unknown | 03:36 | 0 comments

१ कार्तिक, काठमाडौं । यस हप्ता सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । आइतबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुन शुक्रबार ५२ हजार ६ सय रुपैयाँमा किनबेच हुन पुग्यो । सुन सोमबार, मंगलबार र बुधबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भयो भने बिहीबार र शुक्रबार ५२ हजार ६ सय रुपैयाँमा किनबेच भयो । दिपावली पर्वको पूर्वसन्ध्यामा दक्षिण एसियामा सुनको मागमा आएको बढोत्तरीसँगै भाउमा पनि बृद्धि देखा परेको सुनचाँदी व्यवसायी महासंघको ठहर छ ।
हालै अमेरिकी डलरमा सामान्य गिरावट आएको भएपनि अमेरिकी डलर र सुनको मूल्यमा रहने विपरित सम्बन्धलाई चुनौती दिँदैं समग्रमा अमेरिकी डलर र सुनको मूल्य सँगसँगै बढिरहेको छ । मुस्लिम स्टेट लडाकु (आईएस लडाकु) हरुको बढ्दो दबदबा तथा आतंककारी गतिविधि र युक्रेन-रसियाको द्वन्द्वको बिग्रदो अवस्थाबीच विश्वव्यापी रुपमा शेयरको मूल्यमा आएको गिरावट सँगै सुरक्षित लगानीको अन्तिम विकल्पको रुपमा रहेको सुनको माग बढेको छ । अमेरिकीमा बेरोजगारीदर बढेको खुलासासँगै अमेरिकी संघीय बैंकले तत्काल बैंक ब्याजदर बढ्ने संकेत नदिएको कारणले पनि अमेरिकी डलर तुलनात्मक रुपमा मजबुत रहँदा रहँदै पनि सुनको मागमा बढोत्तरी भएपछि भाउ बढ्ने क्रम सुरु भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय मूल्यलाई पछ्याउँदै स्थानीय बजारमा मूल्य बढ्ने क्रम सुरु भएको छ । यही क्रम जारी रहेमा आगामी हप्ता पनि सुनचाँदीको भाउ क्रमशः वृद्धि हुने आकंलन व्यवसायीहरुले गरेका छन् ।

Category:

0 comments