Hindi Films

दसैंकै बेला मलेसियामा एक सय नेपालीको बिचल्ली

Unknown | 04:35 | 0 comments

दसैंकै बेला मलेसियामा एक सय नेपालीको बिचल्ली दुई महिनादेखिको तलब नपाएको गुनासो २०७१ असोज १७ गते १७ असोज, मलेसिया । नेपालीहरुले भव्य रुपमा बडा दसैं मनाइरहेका बेला रोजगारिका लागि मलेसिया पुगेका झन्डै एक सय जना नेपाली भने विचल्लीमा परेका छन् । मुहारको ग्रिसिकमा रहेको इनस्टाईल फर्निचर कम्पनीलाई बैंकले नियन्त्रणमा लिएपछि त्यहाँ काम गर्दै आएका उनीहरुको बिचल्ली भएको हो । उक्त कम्पनिमा विभिन्न एजेण्टहरुले कम्पनीमा कामदारहरु दिने गरेको थियो । कम्पनीलाई बैंकले नियन्त्रणा लिएपछि एजेण्टवाट आएकाहरु सवै एजेण्टकहाँ फर्किएर गएका छन भने एजेण्ट नभएर प्रत्यक्ष रुपमा कम्पनीमा आएकाहरुको बिचल्लीमा परेका हुन् । कम्पनीमा कार्यरत नेपालीहरुका अनुसार उनीहरुले दुई महिना देखिको तलव समेत पाएका छैनन । आफैले काम खोजेर काम गर्छाै भन्दै कम्पनी ब्यवस्थापनसँग कुरा गर्दा कम्पनीले केही गर्न मिल्दैन भनेर उनीहरुलाई पर्खन लगाएको गुनासो गरेका छन् । कम्पनीको अवस्था वुझन बिहीबार स्थानीय लेवर कोर्टका प्रतिनिधि गएका थिए । प्रतिनिधिसँग कुरा गरे पनि अहिले पर्ख र हेरको स्थिति रहेको पीडितहरुले बताएका छन् । कोर्टका प्रतिनिधिहरुले पनि केहीदिन धैर्य गर्न आग्रह गरेका थिए । दुई महिनादेखि तलब नपाएको र स्थानीय पसलबाट लिएको बाँकी तिर्न नपाएकाले आफूहरुले सामान पनि बाँकीमा पाउन छाडेको कम्पनीमा कार्यरत उदयपुरका आरके विष्टले बताए । उनले भने-‘नेपालमा दसैं मनाई रहँदा हाम्रो यहाँ बिचल्ली भएको छ । दुतावास समेत वन्द छ । कहाँजाने के गर्ने अन्योलमा छौ ।’

Category:

0 comments