१५ बर्षे किशोरको बच्चाकी आमा बनिन् ४२ वर्षे महिला
![]() |
विवाहित हेलेन कार्टराइट नामको महिलाले प्रहरीसमक्ष आफूभन्दा २७ वर्ष सानो नाबालिग केटाका साथ केही महिनाअघि सम्भोग गरेको स्वीकारेकी छिन् । उनले केटासँग ‘फ्ल्र्ट’ गरे शारिरीक सम्बन्ध कायम गरेका थिए ।
केटा नाबालिग भएको ज्ञान हुँदाहुँदै पनि आफूले १५ वर्षेसँग समभोग गरेको स्वीकार्दै केटासँग पहिलेदेखि नै सम्बन्ध रहेको बताएकी छिन् । पहिले उनीहरुबीच चुम्बन क्रियालगायत लभ मेकिङ कार्य मात्र हुने गरेपनि २०१३ को मे महिनामा ने आफूले केटासँग सम्भोग गरेको बताइन् ।
त्यसपछि कही महिनामा गर्भवती हुन पुगेकी कार्टराइटले नाबालिग केटाको बच्चालाई जन्म दिइन् । अहिले सो बच्चा पाँच महिनाको भइसकेको छ । केटा १६ वर्ष पुगेपछि उनीहरुबीच झन् निकटताका कारण कार्टराइटले आफ्नो पतिलाई छोडेकी थिइन् ।
अदालतको फैसला
यस विषयमा अदालतले कार्टराइटलाई दुई वर्षको जेल सजाय सुनाएको छ । तर बच्चाको जन्म दिएपछि अदालतले उनलाई रिहा गरेको थियो । तर अदालतले महिला दोषी रहेको भन्दै १० वर्षसम्म यौन अपराधीका रुपमा राखेको छ । प्रहरीले उनलाई दुई वर्षसम्म निगरानीमा राख्नेछ ।
प्रहरीसम्म घटना पुगेपछि महिलाले केटोलाई घेट छाडिदिएकी थिइन् । तर, अहिले फेरि बच्चासहित महिला र केटा साथसाथ बस्न थालेका छन् ।
![]() |
Category: News