Hindi Films

शक्ति भन्छन्, ‘सायद जापान वा अन्यत्रै जान्थेँ’

Unknown | 14:53 | 0 comments

अफगानिस्थान, हङकङ र युएईका खेलाडीहरु भेट हुँदा पनि ‘शक्ति कव रिटायर्ड लेगा’ भनेर जिस्काउँछन्

 
 
 
  • : शक्ति गौचन , क्रिकेट खेलाडी
नेपाली टोलीले विश्वकपसम्मको यात्रा गर्दा प्रत्येक पाइलाका साक्षी रहे, शक्ती गौचन । वर्तमान टोलीका सबैभन्दा पाका खेलाडी शक्ति सन् २००२ यता सिनियर टोलीमा छन् । मलेसियामा नेपाललाई डिभिजन थ्री क्रिकेट प्रतियोगिताको उपाधि जिताउँने क्रममा उनै शक्तिले शक्तिशाली बलिङ हमला गरे । उनीसँगैका कारण थुप्रै खेलाडी विदेशिएका छन् । तर शक्ति अझै शक्तिशाली रुपमा नेपाली क्रिकेटमा टिकिरहनुका पछाडी के कारण लुकेको होला ? रातोपाटीसँगको कुराकानीका क्रममा उनले भने, ‘मलाई बुटबलकै न्यु होराईजन स्कुलले सन् २००२ यता नियमित रुपमा जागिर दिएको छ, सायद न्यु होराईजनको साथ नभएको भए म विदेशिएको हुन्थेँ । युवा क्रिकेटरलाई नेपालमै राख्नका लागि विभिन्न निकायले यस्तो प्रयास गर्न जरुरी छ ।’ शक्तीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादीत अंश :
shakti gauchan
डिभीजन–३ को उपाधि जित्नुभयो,यसलाई कसरी लिनुभएको छ ?
पोजेटिभ रुपमै लिएको छु । किनकी क्रिकेट र क्रिकेट खेलाडीको विकासका लागि यो प्रतियोगिता जित्नु आवश्यक थियो । हुनत दुई वर्षअघि नै हामीले जितिसकेको उपाधि हो ‘डिभिजन थ्री’ । तर टोलीका केही खेलाडी घाइते हुदाँ हामी एकदिवसीय छनोटमा चुक्यौँ । जसका कारण डिभिजन–३ मै सिमित हुनपर्दा दु:ख लागेको थियो । तर फेरि डिभिजन टुमा उक्लिएर हामीले एउटा मिशन पुरा गरेका छौँ ।


अब नेपालले सन् २०१९ को विश्वकपका लागि छनोट खेल्दैछ । यसको लागि कतिको तयार हुनुहुन्छ ?
मैँले लामो समयदेखी राष्ट्रिय टोलीबाट खेल्दै आएको छु । मैले खेल्न सुरु गरेयता नै विश्वकप खेल्ने हाम्रो लक्ष्य थियो । टि–२० विश्वकप खेलेर केही हदसम्म सपना साकार पारेका छौँ । फेरि पनि एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हो । माथिल्लो श्रेणीको क्रिकेटका लागि आवश्यक क्षमता कायम रहेसम्म देशका लागि योगदान गर्नेछु । अबको लक्ष्य डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै ईन्टरकन्टीनेन्टल प्रतियोगितामा छनोट हुने हो । हामी एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्नेछौ । किनकी विश्वकप चार वर्षपछिको कुरा हो ।

समकालीन खेलाडीहरु धरै रिटायर्ड भैसकेका छन् । कहिलकांही भेट हुंदा कति खेलिरहेको भन्ने कुराहरु आउँदैन ?
आउछ । अफगानिकस्थान, हङकङ र युएईका खेलाडीहरु भेट हुँदा पनि ‘शक्ति कव रिटायर्ड लेगा’ भनेर जिस्काउँछन् । कोहि कोच बनि सके, कोही फिजीओ बनिसके । ठिकै छ अव जहाँसम्म खेल्न सकिन्छ त्यहाँसम्म खेल्छु । कुरा आईरहन्छ तर पनि आफेनो ईच्छा हो, प्यासन हो, जवसम्म रहन्छ । मैले योगदान गर्न सकेसम्म र आउने जुनियर खेलाडीले मेरो ठाउँ जव लिन सक्छ त्यतिवेला चैं म रिटायर्ड हुन्छु ।
cricket nepali team return (4)
नेपाली क्रिकेट कहाँ गएर अड्कियो ? किन हामी अगाडी बढ्न सकिरहेका छैनौं ? खेलाडीहरुले मैदानमा शत प्रतिशत पर्फमेन्स दिंदा दिंदै पनि नेपाली क्रिकेटको जति विकास हुनुपर्ने जति भैरहेको छैन नी ?
१५ बर्षको कुरा गर्दा गएको १२ वर्षमा हामीले खासै केही गर्न सकेनौं । गएको तीन बर्षमा पुवुदु सर आएपछि मात्रै सिनियर क्रिकेटले गति लियो । त्यसअघि जुनीयर लेभलमा राम्रो गरेपनि सिनीयर लेभलमा त्यति राम्रो गर्न सकेका थिएनौं । शायद,अव लकको फेभर हो या ईन्फ्राईस्टक्चर भनौं या खेलाडीको सहुलियतको कुरा नमिलेको हुन सक्छ । जव पुवुदु सरले जिम्मा लिनुभयो, उहाँले हामीलाई ईच्छा जगाईदिनुभयो । खेलाडीमा पनि त्यहि किसीमको प्यासन आयो । सेवा सुविधा पनि विस्तारै–विस्तारै बढ्न लाग्यो । त्यसपछि हामीले १५ बर्षदेखि विश्वकपको आशालाई पनि अचिभमेन्ट गर्‍यौं । त्यो हिसावले गर्दा धेरै बाँकी छ,विकास भन्नेकुरा कहिल्यै पनि सकिदंैन जस्तो लाग्छ । अहिले आएर क्यानले सिईओ पनि पाएको छ । उहाँले अव कसरी क्रिकेट विकास र खेलाडीको ब्यवस्थापन लगायतका कुराहरुलाई अगाडी बढाउनु हुन्छ ? खेलाडीको भविक्ष्य र ग्रास रुटदेखि हामीले कसरी नेपाली क्रिकेटलाई माथि पुर्‍याउने भन्ने कुराहरु सिईओ माथि नै डिपेन्ड गर्छ । त्यसमा क्रिकेट संघपनि हातमा हात मिलाएर अघि बढेमा १५ बर्षदेखि थाति रहेका कमजोरीहरु पुरा हुन्छन् ।

नेपालले टि–टवान्टी अन्तर्राष्ट्रिय मान्यता पाईसकेको छ, त्यो पाउनु पनि कम्ति चुनौतीपुर्ण थिएन । तर त्यो मान्यता पाएपछि त्यसको सदुपयोग गर्न नेपाली क्रिकेट लागेको छ जस्तो लाग्छ तपाईलाई ?
यसमा मलाई लाग्छ, क्रिकेट संघ र हाम्रो विचमा जुन विवाद चल्यो, तर आज लगभग त्यो कुरा सेटल भैसकेको छ । हाम्रो लगभग अव दुई वर्षका लागी टि–ट्वान्टीको स्ट्याटस छ । टि–ट्वान्टीको स्ट्याटसमा हामीले अन्तर्राष्ट्रिय टिमहरु वोलाएर नेपालमा टुर्नामेन्टहरु अर्गनाईज गर्न सक्नुपर्छ । जस्तो भारतमा आईपिएलको आयोजना गरेर धेरै ईन्फ्रास्टक्चरहरु मिलाउने गरेको छ । त्यस्ता प्रतियोगीताले गर्दा खेलाडीहरुले एक्सपोजरहरु पाउँछन् । ठुलो प्रतियोगीता आयोजना गरेर टिकेटीङ सिस्टम लागु गरेमा प्रतियोगीताबाट उठेको पैसाले क्रिकेट विकासमा धेरै नै मदत पुग्छ । त्यस्ता प्रतियोगीताका लागी पोन्सर देखि लिएर सवै कुराहरु हुन सक्छ । यसका लागी क्यानको सिओलाई सरकार ले पनि सहयोग गरेर अगाडी बढेमा अव आउने दिनमा यो मान्यतालाई क्यास गर्न सकिन्छ ।

नेपाली क्रिकेट अव कसरी अगाडी बढ्छ, तपाईहरुले के गर्ने सोच राख्नुभएको छ ? सरकारसंग र समर्थकहरु सँग कस्तो अपेक्षा राख्नुभएको छ ?
धेरै नै छ । अव ग्रास रुटदेखि कुरा गर्‍यौं भने अहिले केही पनि भएको छैन । जुन उपलब्धि क्रिकेटले पाएको छ त्यसअनुसारका प्लानिङ अहिले केहि पनि भएको छैन । स्कुल लेभलमा कुनै पनि प्रतियोगीताहरु भएका छैनन् । स्कुल लेभलमा कम्तिमा राष्ट्रिय प्रतियोगीताहरुको आयोजना गर्नुपर्छ । त्यसपछि हरेका जिल्लामा नभएपनि क्षेत्रमा मात्र पनि क्षेत्रीय स्तरका क्रिकेट मैदान हुनुपर्ने तर भएको छैन । त्यसपछि खेलाडीको फ्युचरको सेक्युरलाई ध्यानपुर्वक राख्नुपर्छ । जस्तो क्रिकेट खेलाडीहरुले रिटायर्ड पछि के गर्ने भन्ने पनि सोच्नुपर्छ ।

पछिल्लो समय जसरी क्रिकेट विकसीत रुपमा अगाडी बढेदै छ तपाईहरुले अवसर चैं कत्तिको पाउनुभएको छ ?
मेरो ब्यक्तिगत कुरा गर्दा २००२ मा एसिसी ट्रफि जितेर आएपछि वुटवलको न्यु होराईजन स्कुलले गेष्टको रुपमा वोलाएर प्रिन्सीपल सरले क्रिकेट कोचका रुपमा जागीर दिने बताउनुभयो । त्यतिवेला देखि नै मलाई उहाँहरुले आजसम्म १२ बर्ष भैसक्यो, निरन्तर क्रिकेट कोचको रुपमा काम गरिरहेको छु । अनि एपिएफले पनि हामीलाई कन्ट्याक सिस्टममा जागीर जस्तै ब्यवस्था गरेको छ । अहिले आएर अरु खेलाडीहरुलाई पनि प्रहरी र आर्मीले सहयोग गरेको छ । सरकारले भन्दा प्राईभेट सेक्टरले थोरै भएपनि सहयोग गरेको छ । सरकाले पनि यो कुरालाई अलिकती गम्भिर रुपमा लिएमा हाम्रो क्यारिएर लाई धेरै सहयोग पुग्थ्यो । जस्तो, मैलेँ समयमै न्यु होराइजनमा जागिर नपाएँको भएँ, सायद क्रिकेटलाई निरन्तरता दिन सक्दिँन थिएँ ।

Category:

0 comments