Hindi Films

बादलले बञ्चराले दाउरा चिरेजस्तै गरी फुटाए मतपेटिका

Unknown | 09:28 | 0 comments

१० साउन, काठमाडौं । माग सुनुवाइ नभए सडकबाटै संविधान घोषणा गर्ने चेतावनीसहित मोहन वैद्य किरण नेतृत्वको नेकपा-माओवादीले बिहीबारबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गरेको छ । बहिस्कार अभियानको शुरुवातमा विहीबार राजधानीमा माओवादी महासचिव रामबहादुर थापा बादलले बञ्चराले दाउरा चिरेजस्तै गरी मतपेटिकाको प्रतीकमा हथौडा प्रहार गर्नुभयो ।रत्नपार्क शान्तिबाटिकामा भएको बहिस्कार सभामा माओवादी महासचिव बादलले मत पेटिका फुटाएर आन्दोलन सुरु गर्नु भएको हो । सभामा प्रतिकात्मक रुपमा बनाइएको संविधानसभा निर्वाचन मतपेटिका बादलले हम्बरले हानेर फुटाउनुभएको थियो ।
यो पनि पढ्नोस् वैद्यले सोधे- किन कमल थापा अपवित्र ? सभालाई सम्बोधन गर्दै महासचिव वादलले चार दलले निर्वाचनको नाममा मुलुकलाई सिक्कीमिकरण गर्न खोजेको आरोप लगाउनुभयो । आजबाट स्वाधीनताको नयाँ आन्दोलन नयाँ सुरुवात भएको भन्दै उहाँले भन्नुभयो-’हामी बहिस्कार आन्दोलनको थालनी गर्दैछौं, यो सुगौली सन्धीयता हाम्रा अग्रजहरुले सुरुवात गरेको स्वाधीनता आन्दोलनको नयाँ सुरुवात हो ।’ उहाँले अघि भन्नुभयो-’भीमसेन थापाले देशभक्तहरुलाई दबाउन अस्वीकार गरिँदा दरबार हत्याकाण्डहरु भएका छन् । यीनै चोकहरुमा देशभक्तहरुलाई मारिएको छ, विस्तारवादीहरुका एजेण्टहरुद्वारा देशभक्तहरुको हत्या गरिन्छ । हत्या गरिदैँछ ।’ लेण्डुप दोर्जे कि भीमदत्तको शिष्य बनेर आफ्नो समस्याको हल गर्ने भन्ने निर्णायक घडीमा आइपुगेको भन्दै उहाँले नेपाललाई स्वाधीन बनाई छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हामी यो २१ औं शताब्दीका भीमसेन थापाहरु हौं । भीमदत्त पन्त हौं र हामी भीमसेन थापा र भीमदत्तहरुको विरासतलाई अगाडि बढाउने छौं ।’ दलालहरु कि भीमदत्तको पंक्तीमा उभिने निर्णय गर्ने बेला आएको भन्दै उहाँले बहिस्कार आन्दोलन नयाँ नेपाल निर्माण प्रक्रिया भएको बताउनुभयो । यस्तै पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष बैद्यले आफूहरुको माग सम्बोधन नगरिए चुनाव बहिस्कार आन्दोलनका क्रममा सडकबाटै जनताको संविधान घोषणा गर्ने बताउनुभयो । निशर्त वार्तामा बस्ने तयार रहेको भन्दै उहाँले आन्दोलन र वार्तालाई एकसाथ लैजाने बताउनु भयो । सरकारले चुनावको प्रक्रिया रोकेमा भने सोच्न सकिने बताउनुभयो ।भिडियोमा हेर्नुहोस्

Category:

0 comments