Hindi Films

पोलिमर नोटको भ्रष्टाचारमा दरबार हत्याकाण्ड भएको रहस्य खुल्यो

Unknown | 04:16 | 0 comments

श्रावण १० पोलिमर नोटको छपाईमा भएको भष्टाचार काण्डले दरबार हत्याकाण्डको रहस्य खोलेको छ । नेपाल राष्ट्र बैंकले जारी गर्ने १० रुपैयाँको नोट छाप्ने रिजर्भ बैंक अफ अस्ट्रेलियाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा अन्य कर्मचारीमाथि त्यहाँको अदातलमा भ्रष्टाचार मुद्दामा सुनुवाई सुरु भएको छ । नोट छपाइमा भ्रष्टाचारको मुद्दा खेपिरहेका कर्मचारीहरुले अस्ट्रेलियाको भिक्टोरिया मजिस्ट्रेट अदालतमा भएको सुनुवाईका क्रममा राजदरबार हत्याकाण्डका कारण नोटको डिजाइन परिवर्तन हुँदा छपाई मूल्य महँगो भएको बयान दिएका छन् । नोट प्रिन्टिङ अस्ट्रेलिया लिमिटेडका पूर्वअधिकारीले १० रुपैयाँ दरका नेपाली प्लास्टिक ९पोलिमर० नोट छपाइमा राष्ट्र बैंक र नेपाल सरकारका अधिकारीलाई घुस नखुवाएको दाबी गरेका छन् ।
‘२००१ मा भएको राजदरबार हत्याकाण्डका कारण नोटको पुनः डिजाइन गर्नुपर्‍यो, पुनः डिजाइनसहितको खर्च व्योहोर्न छपाई मुख्य बढाइएको हो, घुस खुवाउन होइन, ‘ उनीहरुका कानुन व्यवसायीले अदालतमा दिइको बयान उदृत गर्दै ब्लुमबर्ग बिजनेस विकले जनाएको छ । मुद्दा फैसला हुन करिब दुई बर्ष लाग्ने बताइएको बिहीबार प्रकाशित नयाँ पत्रिकामा खबर छ । ठेक्का जित्न राष्ट्र बैंक, राजनीतिक दलका नेतालगायतलाई कमिसन खुवाउन घुस दिएको सार्वजनिक भएपछि नोट प्रिन्टिङ कम्पनीका उच्च तहका तत्कालीन अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।पोलिमर नोटको भ्रष्टाचार भिडियोमा हेर्नुहोस् ।

Category:

0 comments