Hindi Films

मादी नदीमा बस खस्दा १२ को मृत्यु, १० जनाको जिवितै उद्दार (भिडियो )

Unknown | 07:31 | 0 comments

२२ असार, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत तनहुँ दमौलीबाट मादी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ । १० जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिनुभयो ।
पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बस शनिबार अपराहृन मादी पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ । अहिले बसलाई क्रेनले नदीबाट निकाल्ने प्रयास भइरहेको छ । पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फबाट नदीमा खसेको छ । प्रत्यक्षदर्शीका अनुसार पुलमा हिडिरहेका बच्चाहरुलाई बचाउने क्रममा अनियन्त्रित भएको बस पुलबाट नदीमा खसेको थियो । बसमा रहेकाहरुको खोजी तथा उद्दार जारी छ । उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् । बसमा २५ जना रहेको आशंका गरिएको छ । तलको बक्स मा क्लिक गरि हेर्नुहोस पुरा भिडियो ।

Category:

0 comments