Hindi Films

१२ वर्षीय बालकले आफ्नै मृत्युलाई कसरि झुक्याई आफु बाच्न सफल भए

Unknown | 06:35 | 0 comments

२२ असार, एक १२ वर्षीय बालकले आफ्नै मृत्युलाई झुक्याएका छन् । दुई इन्चको फरकका कारण ती बालकले मृत्युलाई झूक्याएर जीवन हात पारेका हुन् । लण्डनको इलफओर्डमा बस्दै आएका १२ वर्षिय जोस हसनको छातीमा घर नजिकैको एक रेलिङ नाघ्ने क्रममा रेलिङको एक फलाम रोपियो । आफ्नो फुटबल बारबाट भित्र छिरेपछी फुटबल लिन जाने क्रममा हसनले उक्त रेलीङ पार गर्न चढ्दै गर्दा उनको खुट्टा चिप्लिएपछी उनी तल खस्ने क्रममा रेलिङको एक तिखो फलाममा रोपिन पुगे । हसनको शरिरमा रेलिङको फलाम छेडिएको थाहा पाएपछी उनकी आमाले स्थानीयबासीको सहयोगमा हसनलाई सोही ठाऊँमा स्थिर राखिन् । उद्धार टोली नआएसम्म रगत बग्न नदिने र बालकलाई हलचल गर्न नदिइ राखे । उद्धारकर्मीको टोलीले ती बालकको शरिरमा छेडिएको उक्त फलामको रड काट्यो र बालकलाई रड सहित नै अस्पताल पुर्याइयो । अस्पतालमा चिकित्सकहरुले हसनको शल्यक्रिया गरी उक्त फलामको रड निकाले । शल्यक्रिया पछी चिकित्सकहरूले बालक निकै भाग्यमानी रहेको बताउँदै उक्त रड दुई इण्चले मात्र हसनको मुटुमा नपुगेको बताए । यदी मुटुमा पुगेको भए हसनको ज्यान बाच्ने सम्भावना निकै कम थियो । हसनकी आमाले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनले आफूलाई छिमेकीहरूले सहयोग नगरेको भएको आफ्नो छोरो बाच्न सम्भावना नै नभएको भन्दै धन्यवादका शब्द समेत कम हुने बताएकी थिइन् । यो घटना गत मंगलबार घटेको थियो । हसनको शरिरमा फलामको रड वारपार भएर छेडिएको थियो । यदी थोरै पनि मुटुतर्फ उक्त रड छेडिएको भए उनको ज्यान जोगिन सक्ने थिएन । एजेन्सी । १२ वर्षीय बालकले आफ्नै मृत्युलाई यसरि झुक्याएका आफु बाच्न सफल भएको पुरा विवरण सहितको भिडीयो हेर्न तलको बक्समा क्लिक गरि हेर्नुहोला ।

Category:

0 comments