अन्तरघात गरेको भन्दै कांग्रेस नेतामाथि कारवाही सिफारिस
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सांगठानिक अवस्था मजवुद भएको अवस्थामा पनि पार्टीकै नेता कार्यकर्ताले अन्तरघात गरेपछि हार्न बाध्यको जनाउँदै कांग्रेस ३ नं. क्षेत्रीय समितिले जिल्ला सचिव लक्षमण भट्टराई, क्षेत्र नं. ३ का महासमिति सदस्य शिवकुमार गिरी, क्षेत्र नं. ३ कै महाधिवेशन प्रतिनिधिहरु लालगोपाल अर्याल र लक्ष्मीकान्त रेग्मीमाथि कारवाहीको सिफारिस गरेको हो ।
क्षेत्र नं. का सभापति देवबहादुर खाँडले चारैजना माथि कारवाही माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय पठाएको पत्र सोमबार दर्ता भएको छ । कारवाहीको सिफारिस गरिएको पत्रमा कांग्रेसकै नेता कार्यकर्ताहरुले चुनावी कार्यक्रमलाई असर पार्ने कार्य गरेको, प्रचार प्रसारमा न्यून उपस्थिति भएको, चुनावका क्रममा कांग्रेस र पार्टीका उम्मेदवारविरद्द अभिव्यक्ति दिएको, पार्टीको नीति विपरित चुनावी प्रचारका क्रममा व्यक्तिगत भेटघाट गरेर मतदाता भड्काएको सहितका कुरा उल्लेख गरिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments