Hindi Films

कमल थापाको पार्टी फुट्यो, निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन

Unknown | 00:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१५ पुस, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल विभाजित भएको छ । ४२ जना केन्द्रीय सदस्यमध्ये २० जनाले नयाँ दल दर्ताका लागि सोमबार निर्वाचन आयोगा निवेदन बुझाएपछि राप्रपा नेपाल औपचारिकरुपमा फुटेको हो 

समानुपातिक तर्फको सभासद छनोट प्रक्रियामा असन्तुष्ट रहँदै आएका केन्द्रीय सदस्यहरुले अधिवक्ता तथा पार्टीका केन्द्रीय सदस्य वालकृष्ण न्यौपानेको नेतृत्वमा निर्वाचन आयोगमा समानुपातिक सभासदको सूची समान्य घोषित गर्न यसअघि निवेदन दिएका थिए । निवेदन दर्ता गराउन पुगेका नेताहरुमा राप्रपा नेपालका नेताहरु राजाराम श्रेष्ठ, टंक ढकाललगायतका रहेका छन् । समानुपातिक सभासद चयनबाट शुरू बिवाद विवाद सर्वोच्च अदालतमा पनि पुगिसकेको छ ।
विद्रोही नेता राजाराम श्रेष्ठले नयाँ दलको नाम ‘नेपाली राप्रपा’ राखिएको बताउनुभयो । अधिकांश केन्द्रीय सदस्यहरू राजधानी बाहिर रहेकाले सबैजना जुट्न नसकेको बताउँदै नेता श्रेष्ठले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्नुभयो । आयोगमा दल दर्ताको औपचारिक प्रकृया पूरा गरेपछि आजै बस्ने बैठकले नयाँ पार्टीको केन्द्रीय अध्यक्ष चयन गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले राप्रपा नेपालको एउटा समूहले निर्वाचन आयोगमा केही बेरअघि निवेदन दर्ता गराएको  बताउनुभयो । निर्वाचन अयाोगको प्रांगणबाहिर राप्रपा नेपालका कार्यकर्ताहरुको बाक्लो भींड रहेको प्रवक्ता राईले बताउनुभयो ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments