Hindi Films

बाजुरामा मदिरा पसलबाटै डेढ करोड राजस्व

Unknown | 23:21 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१ माघ, बाजुरा । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरमा मदिरा पसलबाटै सरकारले डेढ करोडबढी राजस्व उठाएको छ । बाजुरमा अन्य व्यापार व्यवसाय छाडेर मदिरा पसल चलाउनेहरुको संख्या बढेपछि राजस्व संकलनमा पनि बृद्दि भएको हो ।
सरकारी निकायबाट अनुमति लिएका यहाँका मदिरा पसलको संख्या साढे चार सय माथि पुग्न लागेको छ । ०६६ साल जेठ महिनादेखि अहिलेसम्म बाजुरामा मदिरा बिक्रीको इजाजत लिने व्यापारीको संख्या ४ सय ४३ पुगेको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अवैधरुपमा मदिरा विक्री गर्नेहरुको संख्या अनुमति लिनेहरु भन्दा दोब्बर रहेको बताइन्छ । अन्य उत्पादनमूलक व्यवसाय गरिरहेका व्यापारीहरुसमेत मदिरा बिक्री–वितरणको इजाजत लिन थालेपछि बाजुरमा मदिराको कारोबार ह्वात्तै बढेको छ ।
बाजुरामा मदिराको कारोबारले अन्य उत्पादनमुलक कारोवारलाई पनि पछि पारेको छ । मदिरा विक्रीको इजाजत लिएका विभिन्न पसलबाट बाजुरामा डेढ करोड राजस्व सङ्कलन हुने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कार्यालय प्रमुख श्रीप्रसाद शर्माले बताए ।
चालु आर्थिक वर्ष ०७०÷७१ चलिरहँदा मदिरा बेच्न इजाजत लिनेको संख्या एक सय ११ पुगेको छ जसमध्ये ७९ पसलले मदिरा बिक्री–वितरणको इजाजत लिएको घरेलु तथा साना उद्योग व्यवसायी समिति बाजुराका प्रमुख प्रशिक्षक विक्रमबहादुर कटुवालले बताए । ्
बाजुरा उद्योग वाणिज्य सङ्घबाट प्यान नम्बर लिनेमध्ये ९८ अधिकांशले मदिरा पसलको प्यान नम्बर लिएका छन् । बाजुराका स्थानीय बजारहरुमा पछिल्लो समय मदिरा बिक्री–वितरण सेवनको दर वृद्धि हुँदा समाजमा कलह र घरेलु हिंसाका घटनाको दरमा वृद्धि भइरहेको जानकारको भनाइ छ ।
जिल्लाका सबैजसो गाउँमा गैरकानुनीरुपमा घरेलु मदिरा उत्पादन र बिक्री–वितरण पनि तीव्र हुँदा सरोकारवाला भने मौन बसिरहेका देखिन्छन् । जिल्ला सदरमुकामलगायत जिल्ला स्थानीय बजारमा नियमित अनुगमन नहुँदा मदिरा बिक्रीको इजाजत लिएका पसले सम्पूर्ण सामग्री वितरण गर्नुका साथै समय गुज्रिएका सामान बिक्री गरिरहँदा पनि बजार अनुगमनसमेत नहुँदा उपभोक्ता अझै मारमा परेका छन् ।
स्थानीय प्रशासनले प्रत्येक महिनाको दुईपटक बजार अनुगमन गर्नुपर्ने प्रावधान भए पनि त्यो कार्यान्वयन हुन नसकेको कतिपय उपभोक्ताको भनाइ छ । प्रशासनबाट नियमित अनुगमन नहुँदा बाजुरामा कमसल र म्याद गुज्रिएका उपभोग्य वस्तु उपभोग गरिरहनुपरेको छ

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments