बाख्रा हराएपछि आत्महत्या
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२९ जेठ, नेपालगञ्ज । बाख्रा हराएको रिसमा श्रीमानले कुटपिट गरेपछि बर्दिया जमुनी ८ की ३० वर्षीया बालकुमारी थापा शाहले विषाली सेवन गरी आत्महत्या गरेकी छिन् । उनको नेपालगन्जको नर्सिङहोममा उपचारका क्रममा मंगलबार ज्यान गएको हो ।
गत आइतबार साँझ घरनजिकै जंगलमा चराउन लगेका दुई वटा बाख्रा हराएपछि श्रीमान शंभु शाहले बालकुमारीमाथि कुटपिट गरेका थिए ।’साँझ बाख्रा हराएको निहुँमा झगडा भएछ । कुटपिट पनि गरेछ र घरबाट निस्कन भनेपछि बिहानै विषादी सेवन गरेको बुझिएको छ,’ मृतक बालकुमारीका काका डम्बर थापाले भने ।मृतक बालकुमारीका एक छोरा र एक छोरी रहेको राजधानीमा खबर छ ।
श्रीमतीले विष सेवन गरेको थाहा पाए पनि थापाले उपचार गर्न नलगेको माइती पक्षको आरोप छ । घटनाबारे छानविन गर्न माग गर्दै उनीहरूले इलाका प्रहरी कार्यालय मैनापोखरीमा जाहेरी दर्ता गराएका छन् ।
शम्भुले भने बाख्रा हराएको निहुँमा सामान्य झगडा भएपनि श्रीमतीलार्इ नकुटेको दाबी गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments