कस्ता छन् विश्वकप फुटबल खेल्ने मैदान ?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, जेठ २८ - ब्राजिलमा बिहीबारदेखि सुरु हुने विश्वकपको तयारी पूरा भइसकेको छ ।
विश्वकपका लागि अधिकांश टिम ब्राजिल पुगेका छन् ।
यो पटक ब्राजिलका १२ वटा शहरमा रहेका १२ वटा स्टेडियममा विश्वकपका खेल सञ्चालन हुने छन् । विश्वकप खेल्ने स्टेडियम कस्ता छन् त ?
एरिना डि साओ पाओलो (एरेना कोरेन्थियन्स) साओ पाओलो
विश्वकपको उद्घाटन खेल हुने यो स्टेडियम विश्वकपकै लागि लक्षित गरी बनाइएको हो । सन् २०११ देखि निर्माण सुरु गरी यसै वर्ष निर्माण पूरा भएको यो स्टेडियम बनाउन साढे ४३ करोड अमेरिकी डलर खर्च भएको थियो ।
६५ हजार ८ सय ७ जना दर्शक अटाउने क्षमता भएको यो रंगशाला समुद्री सतहदेखि ७ सय ९२ मिटर उचाइमा । यहाँको तापक्रम भने १३ देखि २० डिग्री सेल्सियसका बिचमा रहनेछ । यहाँ ६ वटा खेल संचालन हुनेछ ।
इस्टाडियो मिनेराओ, बेलो होरिजोन्टे
ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गिरेइसको राजधानी बेलो होरिजोन्टेमा रहेको यो स्टेडियम १९६५ मा निर्माण भएको हो भने विश्वकपलाई मध्यनजर गर्दै सन् २०१२ मा पुननिर्माण गरिएको हो । समुद्री सतहदेखि ८ सय मिटरको उचाइमा रहेको यो स्टेडियममा ५७ हजार ४ सय दर्शक अटाउने क्षमता छ । यहाँ ६ वटा खेल सञ्चालन हुनेछन् । सन् २०१६ को ओलम्पिकको फुटबल खेल पनि यहि स्टेडियममा संचालन हुनेछ ।
इस्टाडिओ कास्टेलाओ, फोर्टालेजा
उत्तर पूर्वी तटीय क्षेत्रमा रहेको इस्टाडिओ कास्टेलाओ स्टेडियम सन् १९७३ मा निर्माण भएको हो भने २०११ मा पुननिर्माण गरिएको हो । यो स्टेडियममा ५८ हजार दर्शक अटाउन सक्छन् भने यहाँ ६ वटा खेल संचालन हुनेछन् । फोर्टालेजा राम्रा समुद्री तटका लागि पर्यटकमाझ प्रख्यात छ ।
इस्टाडिओ डो मारकना, रियो द जेनेरिआ
रियो द जेनेरिओमा रहेको इस्टाडिओ डो मराकाना सन् १९५० मा निर्माण भएर सञ्चालनमा आएको हो । सन् १९५० को विश्वकपसमेत आयोजना गरिएको यो स्टेडियममा त्यतिबेला २ लाख दर्शक अटेका थिए । विश्वकपलाई लक्षित गरी सन् २०१२ मा यसलाई फेरि पुननिर्माण गरिएको यो स्टेडियमको क्षमता अहिले भने ७६ हजार ८ सय ४ छ । विश्वकपको फाइनल खेलसहित यो स्टेडियममा ७ वटा खेल हुने सञ्चालन हुनेछन् ।
इस्टाडिओ नासिओनल, ब्रासिलिया
राजधानी ब्रासिलियामा रहेको इस्ताडिओ नासिओनल सन् १९७४ संचालनमा आएको हो भने २०१३ मा यसको पुननिर्माण गरिएको हो । यो स्टेडियम पुननिर्माणका क्रममा ९० करोड अमेरिकी डलर खर्च भएको थियो । यहाँ ६८ हजार दर्शक अट्न सक्ने यो स्टेडियममा ७ वटा खेल संचालन हुनेछन् ।
एरिना परनामबुको, रेसिफ
विश्वकपलाई मध्यनजर गर्दै सन् २०१० मा निर्माण सुरु गरिएको यो स्टेडियमको निर्माण कार्य सन् २०१३ मा सकिएको हो । यसको क्षमता ४२ हजार ८ सय छ भने स्टेडियममा सोलार पावर प्लान्ट पनि जडान गरिएको छ । सोलार पावर प्लान्टबाट उत्पादन हुने १ मेगावाट विद्युतले करिब ६ हजार मानिसले उपभोग गर्न सक्नेछन् ।
एरिना फन्टे नोभा, साल्भाडोर
साल्भाडोरमा रहेको एरिना फन्टे नोभा स्टेडियम सन् १९५१ मा बनेको भएपनि सन् २००७ मा बन्द गरिएको थियो । यसलाई सन् २०१० मा पुरै भत्काएर फेरि निर्माण गरिएको हो । यसको कुल क्षमता ४८ हजार ७ सय ४७ रहेको छ । यहाँ ६ वटा खेल संचालन हुनेछन् । समूह चरण अन्तर्गतको जर्मनी र पोर्चुगल, स्पेन र नेदरल्याण्ड तथा फ्रान्स र स्वीट्जरल्याण्डबीचको महत्वपूर्ण खेल यहि सञ्चालन हुनेछ ।
स्टाडिओ पान्तानाल, क्यूइवा
क्यूइवामा रहेको स्टाडिओ पान्तानालमा ४२ हजार ९ सय ६८ दर्शक अट्न सक्ने क्षमता छ । विश्वकपलाई मध्यनजर गरी २१ करोड अमेरिकी डलरको लागतमा यो स्टेडियमको निर्माण गरिएको हो । यहाँ ४ वटा खेल सञ्चालन हुनेछन् । जापान र कोलम्बिया तथा रसिया र दक्षिण कोरियाको समूह चरणको खेल यहि हुनेछ ।
इस्टाडिओ डा बैजादा, क्युरिटिबा
समुद्री सतहबाट ९ सय २० मिटरको उचाइमा रहेको क्युरिटिबा शहरमा अवस्थित यो स्टेडियमको कुल क्षमता ४१ हजार ४ सय ५६ रहेको छ । सन् १९९९ मा खुला भएको यो स्टेडियमको पुननिर्माणको काम सन् २०१२ मा सुरु भएर यसैवर्षमात्र सकिएको हो । यहाँ ४ वटा खेल संचालन हुने छ ।
स्टाडियो अमाजोनिया, मनाउस
मनाउस शहरमा रहेको स्ताडिओ अमाजोनिया विश्वकपलाई नै लक्षित गरी निर्माण गरिएको हो । यो स्टेडियम समुन्द्री सतहबाट ७२ मिटरको उचाइमा रहेको र एमाजोन रेन फेरेस्टको मुटुमा रहेको छ । यो स्टेडियमको आकार मनाउस शहरमा प्रख्यात परालको टोकरी आकारमा बनाइएको छ भने यसको क्षमता ४२ हजार ३ सय ७४ रहेको छ । यहाँ ४ वटा खेल संचालन हुनेछन् ।
स्टाडिओ दास डुनास, नाटल
समुद्री सतहबाट ४५ मिटरको उचाइमा रहेको नाटल शहरमा स्ताडिओ दास डुनास अवस्थित छ । ४ सय मिलियन डलर खर्चिएर बनाइएको नवनिर्मित स्टेडियमको क्षमता ४२ हजार ८६ रहेको छ । २०११ देखि निर्माण सुरु भएर सन् २०१४मा सम्पन्न भएको यो स्टेडियममा पनि ४ वटा खेल हुनेछन् ।
स्टाडिओ बेइरा रिओ, पोर्टो एलिग्री
पोर्टो एलिग्रीमा रहेको स्ताडिओ बेइरा रिओ सन् १९६९ मा निर्माण भएको हो भने सन् २०१३ पुननिर्माण गरिएको हो । यो स्टेडियम समुद्रि सतहबाट ४७ मिटरको उचाइमा रहेको छ भने यहाँको मौसम पनि चिसो रहेको छ । यहाँ ४८ हजार ८ सय ४९ दर्शकले एकैपटक खेलको मज्जा लिन सक्नेछन् । यहाँ कुल ४ वटा खेल हुनेछ ।
स्रोत : ujyaaloonlineपुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments