Hindi Films

सुकीले भनिन्-काठमाडौंमा जीवनमै धेरै पूर्व प्रधानमन्त्री भेटेँ

Unknown | 07:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ जेठ, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले आफूले काठमाडौंमा २४ घन्टामा सबैभन्दा धेरै पूर्व प्रधानमन्त्री भेटेको बताएकी छिन् । वीपी स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक विचार गोष्ठीमा नोबल शान्ति पुरस्कार विजेता सुकीले हाँस्दै भनिन्-’पछिल्लो २४ घन्टामा मैले काठमाडौंमा जति पूर्व प्रधानमन्त्री भेटेँ, त्यति मैले मेरो जीवनमै भेटेको थिइन् ।’ उनले यसो भनिहँदा हलमा हाासो गुञ्जिएको थियो भने प्रधानमन्त्री सुशील कोइरालासँगै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल मञ्चमा थिए । प्रजातन्त्रवादी नेतृ सुकीले नेपालले विश्वसामु लोकतान्त्रिक अभ्यासको उदाहरण पेश गरेको बताइन् । लोकतन्त्र भनेको राजनीतिक दलहरु मात्र नभई एउटा संस्कार भएको बताइन् । सामाजिक लोकतन्त्रमा सबै जात, धर्म, जाति र विचारको प्रतिनिधित्व हुने भन्दै उनले भनिन्-’प्रजातन्त्रको मेरुदण्ड भनेको जनता हो, हामीले सम्पूर्ण जनताको भावना बुझ्नुपर्छ । कुनै जाति विशेषको मात्र होइन ।’
विगतमा नेपाल राजनीतिक संघर्ष र संक्रमणकालका कठिन घडीबाट गुज्रे पनि प्रजातान्त्रिक अभ्यासका क्रममा राजनीतिक दलले गरेको उच्च सहमति, सहकार्य र सम्झौता गर्ने क्षमताका कारण राजनीतिक समस्याको सम्बोधन हुने गरेको र देशलाई समेत राम्रो बाटोमा अघि बढाएको भन्दै उनले नेपाली प्रजातान्त्रिक अभ्यास एवम् प्रक्रियाको उच्च प्रशंसा गरिन् । ‘रुपान्तरणका क्रममा देखिने असन्तुष्टिलाई पनि यही सहमति र सम्झौताको प्रशंसनीय र व्यावहारिक अभ्यासबाट सहमतिमा पुगेर सामाजिक र आर्थिक रुपान्तरणको बाटामा सहमत भएर प्रजातन्त्रको सुदृढीकरणमा लाग्न आग्रह गर्दछु’ नेतृ सुकीले भसनिन् । म्यान्मामा सैनिक शासनको विरुद्व प्रजातान्त्रिक अधिकारका लागि संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रजातन्त्रवादी नेतृ सुकीले नेपालमा भने नेपाली सेनाले खेलेको व्यावसायिक भूमिकाको प्रशंसा गरिन् । स्वतन्त्रता र प्रजातान्त्रिक सङ्घर्षका दौरान झन्डै २१ वर्ष घरमै नजरबन्दी जीवन बिताएकी सुकीले मानिस केवल शारीरिकरुपमा मात्र उपस्थित नभई उसभित्र रहने मानवीय भावनाले उसलाई सधैँ सबल, सक्षम र प्रगतिशीलका साथै घृणा र अज्ञानबाट समेत मुक्त बनाउने बताइन । उनले अघि भनिन्-’म प्रजातन्त्रवादी हुँ, अहिंसावादी हुँ र मानवअधिकारमा विश्वास राख्दछु ।’ कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले म्यान्माकी नेत्री सुकीले प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताका लागि अनवरतरुपमा गरेको सङ्घर्ष विश्वव्यापीरुपमै अुनकरणीय रहेको बताए र एमाले अध्यक्ष झलनाथ खनालले म्यान्माकी नेत्री सुकीलाई प्रजातन्त्र र स्वतन्त्रताको लडाइँको एक अनुकरणीय अगुवा भएको बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments