Hindi Films

साहना प्रधानलाई राखेको अस्पतालमा तोडफोड

Unknown | 09:21 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२४ जेठ, काठमाडौं । एमाले नेतृ साहना प्रधानलाई उपचार गर्न राखिएको बल्खुस्थित बयोध्या अस्पतालमा शनिबार तोडफोड भएको छ । टाउको दुखेर उपचार गर्न आएका एक विरामीको अस्पतालमै मृत्यु भएपछि बिरामीका आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका हुन् ।
शनिबार दिउँसो एकातिर नेतृ प्रधानलाई हेर्न आउनेहरुको भीड र अर्कातिर मृत्युभएका बिरामीका आफन्तहरुको होहल्लाले अस्पतालमा केहीबेर तनाव देखिएको थियो । नेतृ प्रधानलाई भेट्न शनिबार एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमसमेत अस्पतालमा पुगेका थिए । युवा नेतृ रामकुमारी झाँक्री दुईघण्टासम्म अस्पतालमा बसेकी थिइन् । पूर्वएमाले नेता राधाकृष्ण मैनालीले अस्पतालमा पुगेर डाक्टरहरुसँग प्रधानको स्वास्थ्यबारे जानकारी लिएका थिए । डाक्टरहरुका अनुसार प्रधानको अवस्था स्थिर छ । मष्तिष्कघात भएकी प्रधानलाई भेन्टिलेटरमा राखिएको छ । डाक्टरले उनको अवस्थामा सुधार नआएको बताएका छन् । ०६८ सालमा घरैमा लडेपछि बिरामी बनेकी नेतृ प्रधानको पक्षघातका कारण बोली आउन छाडेको धेरै समय भइसकेको थियो । एमालेकै केही नेतालाई राज्यको खर्चमा विदेश लगेर उपचार गरिएको तर नेतृ प्रधानको उपचारमा पार्टीले उचित ध्यान नदिएको गुनासो एमालेभित्रैबाट सुनिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments