Hindi Films

माधव नेपालले बागी र दागीलाई आश्रय दिएको आरोप

Unknown | 09:35 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२४, जेठ काठमाडौं । नेकपा एमालेमा महाधिवेशनको मुखमा आरोप प्रत्यारोप चलिरहेका बेला माधव नेपालमाथि बागी र दागीलाई आश्रय दिएको थप आरोप लागेको छ । नेपालले मंसिर ४ को संविधानसभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन लागेका र कारवाहीमा परेकालाई आश्रय दिएको आरोप केपी ओली पक्षले लगाएको हो ।
नेपाल पक्षले केही दिनअघि बुद्धनगरस्थित क्लालिटी बैंक्वेटमा आयाजना गरेको मध्यमान्चलस्तरीय भेलामा काभ्रेका पूर्व सभासद कृष्णप्रसाद सापकोटा अगाडिको लहरमा देखिएपछि ओली पक्षमा खैलाबैला मच्चियो । उनीमाथि गत संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवार गोकुल बास्कोटालाई सहयोग नगरेको तथा कांग्रेस उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप छ । सोही आरोपमा काभ्रे जिल्ला कमिटीको निर्णय अनुमोदन गर्दै वागमती अन्चल कमिटीले सापकोटालाई साधार सदस्यबाट समेत निश्काशन गर्न संगठन बिभागमा सिफारिस गरेको थियो । ‘जिल्ला र अन्चलबाट कारवाहीमा परिसकेको व्यक्तिलाई पार्टीका बरिष्ठ नेता र जिम्मेवार नेताहरुले संरक्षण दिएका छन् । सक्छन् भनें उनीहरुले कारवाही फिर्ता गरेर काभ्रे जिल्लामा पुनस्र्थापित गरुन्’ एमाले जिल्ला अध्यक्ष गोकुल बास्कोटाले भने ‘बागी र दागीलाई बोकेर हिँड्ने नेताले भोलि कुन मुखले अनुशासनको कुरा गर्छन् ?’ । त्यसैगरी सुर्खेतमा एमालेका आधिकारिक उम्मेदवार यमलाल कँडेलबिरुद्ध बागी उठेका शिवप्रसाद उपाध्यायलाई समेत नेपालले संरक्षण दिएको आरोप लागेको छ । दुई साताअघि नेपाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुको भेलामा उपाध्याय सहित संविधानसभामा एमाले उम्मेदवार हराउने अभियानमा लागेका कार्यकर्ता सभागी थिए । ‘सुर्खेतमा एमालेलाई तीनै क्षेत्रमा हराउन कांग्रेसले उपयोग गरेका व्यक्तिहरु अहिले बरिष्ठ नेता नेपालको अभियानका अगुवा भएका छन्’ कँडेलले भने ‘तत्काल महाधिवेशनका बेला नेताहरुलाई ठीकै लाग्ला, तर यसले पार्टीलाई घाटा पार्छ’ । बागी उम्मेदवार उपाध्याय र उनका सहयोगीहरुलाई पार्टीले निश्कासन गरिसकेको छ । कारवाहीमा परेकाहरुले सचिव शंकर पोखरेल समक्ष माफी माग्दै कारवाही फिर्ताको माग गरेका थिए । तर, अक्षम्य अपराध गरेका हुनाले जिल्लाको सिफारिसबेगर केही गर्न नसकिने जवाफ पोखरेलले दिएको कँडेलले बताए । उता जाजरकोटमा एमालेका आधिकारिक उम्मेदवार हराउन विपक्षीसँग मिलेको अभियोग लागेका पूर्वसांसद रत्नप्रसाद शर्मा पनि नेपालको पछि लागेर कारवाहीबाट जोगिन खोजेको आरोप ओली पक्षले लगाएको छ । ‘एमालेका उम्मेदवार कृष्णवहादुर बीसीलाई हराउन विपक्षी कांग्रेस उम्मेदवार राजीवविक्रम शाहबाट २३ लाख रुपैया लिएका शर्मा पनि महाधिवेशनको मौकामा चोखिने दाउमा छन्’ एक एमाले नेताले भने । धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राइलाई हराउन भूमिका खेलेको आरोप लागेका इन्द्रमणि पराजुलीलगायतका स्थानीय केही नेता पनि माधव नेपालतिर लागेका ओली पक्षले बतायो । एमाले अनुशासन आयोगका सचिव हरि सापकोटाले भने महाधिवेशनको मौकामा नेताको पछि लागेर कारवाहीबाट जोगिने सम्भावना नरहेको बताएका छन् । ‘जसले पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको पुष्टि भएको छ, उनीहरुमाथि कारवाही हुन्छ र भइरहेको छ, कसैले जोगाउन सक्दैन’ सापकोटाले भने । - See more at: http://www.onlinekhabar.com/2014/06/208133/#sthash.jeFskUwA.dpuf
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments