Hindi Films

पियूष र एलिनालाई स्वर्ण

Unknown | 09:46 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ जेठ, काठमाडौं । भक्तपुर बहुमुखी क्याम्पसका पियूष अवाल र प्राइम कलेजकी एलिना महर्जनले पाँचौं कृष्णध्वज स्मृति राष्ट्रव्यापी अन्तरस्कुल तथा कलेज टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ स्वर्ण जितेका छन् । शनिबार राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको ब्वाइज सिंगल्स फाइनलमा पियूषले प्राइमका प्रदीप रोकालाई ७-११, ११-८, १२-१०, ९-११ र ११-९ को सेटमा पराजित गरे । गल्र्स सिंगल्सको फाइनलमा एलिना महर्जनले अक्सबि्रज इन्टरनेसनल कलेजकी काजोल रौनियारलाई ११-६, ११-६, ९-११ र ११-२ को सेटमा हराइन् । काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलेजतर्फ नै ब्वाइज र गल्र्स दुवैको टिम स्पर्धामा प्राइमले पहिलो स्थान कब्जा गर्‍यो । प्राइमले ब्वाइजमा भक्तपुर बहुमुखी क्याम्पसलाई ३-२ तथा गल्र्समा अक्सबि्रजलाई ३-१ ले पाखा लगायो । चारदिने प्रतियोगिताको स्कुलतर्फ २ सय २५ ब्वाइज र १ सय ५० गल्र्सले १० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए भने कलेजतर्फ १ सय २० ब्वाइज र ७५ गल्र्सले ७ स्पर्धामा खेलेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments