अन्तरविद्यालय छात्र फुटबलको उपाधि एपीएफलाई
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ जेठ, काठमाडौं । नेपाल एपीएफ स्कुलले पाँचौं अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
कीर्तिपुरको पाङ्गास्थित जन सेवा स्कुलको मैदानमा भएको फाइनलमा एपीएफले पुष्पसदन ‘ए’ लाई ५-० को फराकिलो गोलअन्तरले पराजित गर्यो । सरोज खरेल र दिनेश शाहीले समान २-२ गोल गरे भने एक गोल आत्माघाती थियो ।
काठमाडौं बर्नहार्ट कलेजको मुख्य प्रायोजनमा युथ फोरम क्लब, पाङ्गाद्वारा आयोजित प्रतियोगिताको गोलरक्षकमा राजकुमार बोहोरा, डिफेन्समा सरोज खरेल, फरवार्डमा दिनेश शाही तथा प्रशिक्षकमा ज्ञानकुमार केसी उत्कृष्ट चुनिए । उत्कृष्ट चारै एपीएफका हुन् । दिनेश प्रतियोगिता अवधिभर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता पनि बने । पुष्पसदन ‘ए’ का लगन राई उत्कृष्ट मिडफिल्डर घोषित भए । अनुशासित टिमको उपाधि नाइटिङ्गेलले हात पार्यो ।
जेठ २४ देखि सुरु नकआउट प्रतियोगितामा १९ स्कुलका २१ टिमले सहभागिता जनाएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments