Hindi Films

१४ वर्षको किशोरले ३६ लाखको सम्झौता गर्दा सचिनको रेकर्ड तोडियो

Unknown | 07:41 | 0 comments

भारतमा एक १४ वर्षका किशोरले पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् | पृथ्वी साह नामक ति किशोरले सचिन भन्दा दुई वर्ष सानो उमेरमा नै आफुलाई क्रिकेटको प्रोफेसनल खेलाडीको रुपमा स्थापित गरेर उनको रेकर्ड तोडेका हुन् | उनि हाल ६ वर्षका लागि मल्टिनेशनल कम्पनि एसजी स्पोर्ट्ससँग भा.रु. ३६ लाखको करारमा आबद्ध भएका छन् | सचिनले १६ बर्षको उमेरमा आफ्नो अन्तराष्ट्रिय करियर सुरु गरेका थिए जसमा आफ्नो पहिलो डिल वर्ल्डटेलसँग साइन गर्न उनलाई ६ बर्ष लागेको थियो | सचिनलाई आफ्नो आदर्श मान्ने पृथ्वी सानो उमेरमा ठूलो करार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । पृथ्वीले पछिल्लो बर्ष मुम्वइमा स्कुल क्रिकेट प्रतियोगितामा ५४६ रनको रेकर्ड बनाएका थिए । उनको यस समाचार बारे सचिनले पनि खुशी व्यक्त गरेका छ | त्यस्तै पृथ्वीको बारेमा बोल्दै एसजीका मार्केटिङ डाइरेक्टर पारस आनन्दले भने ‘पृथ्वीले पछिल्ला केहि बर्ष देखि हाम्रो कम्पनिको ब्याट र किट प्रयोग गरेका थिए । जब उनले ५४६ रनको विश्व रेकर्ड बनाए तब हाम्रो ध्यान उनमा गयो |’ उनले थपे- ‘हामीलाई लाग्योकी उनमा केहि गजबको क्षमता छ, यसकारण उनिसँग यो डिल गर्ने निर्णय गर्यौं ।’

Category:

0 comments