Home �
News
� स्कटल्याण्डलाई बढी अधिकार दिइनेछ– बेलायती प्रम
Unknown |
07:48 |
0
comments
 |

लन्डन, असोज – बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले स्कटल्याण्डलाई अहिलेको भन्दा बढी अधिकार दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने– स्कटिसहरुले स्वतन्त्रताका पक्षमा प्राप्त गरेको मतको कदर हुन्छ र अहिलेको भन्दा बढी अधिकार र स्वायत्तताका लागि हामी तयार छौं ।
बिहीबार भएको जनमत सङ्ग्रहमा स्कटिसहरुले बेलायतमै रहनुपर्छ भन्ने पक्षका नागरिकको भन्दा कम्तीमा कम मत प्राप्त भएको भएपनि उक्त पक्षमा कम्तीमा पनि १५ लाख मत प्राप्त गरेका छन् ।
यो मतदान पछि पक्कै पनि स्कटल्याण्डका नागरिकले र स्कटल्याण्डले यसघिको भन्दा बढी स्वायत्तता वा अधिकार प्राप्त गर्नेछन्– उनले भने ।
स्कटल्याण्ड संयुक्त अधिराज्यको अधिनमा नै रहने वा स्वतन्त्र राष्ट्रका रुपमा अलग रहने भनी गरिएको सो जनमत सङ्ग्रहमा संयुक्त अधिराज्य अन्तर्गत नै रहने पक्षमा ५५.४२ प्रतिशत मत जाहेर गरिएको छ ।
साथै सो मतको विपक्षमा अथवा स्वतन्त्र राष्ट्रका रुपमा अलग्गिनुपर्छ भन्ने पक्षमा ४४.५८ प्रतिशत मतदान भएको छ ।
यो जनमतले स्कटल्याण्डलाई बेलायत अन्तर्गत नै रहने गरी मतदान गरेको भएपनि भारी मत उक्त पक्षमा परेकोले अहिलेको भन्दा बढी मात्रामा स्वायत्तता प्रदान गरिनुपर्ने पक्षलाई भने बलियो बनाएको छ ।
परिणामबाट निश्चिन्त भएँ– युरोपेली संसद अध्यक्ष
यसैबीच युरोपेली संसदका अध्यक्षले स्कटल्याण्डको जनमत सङ्ग्रहको परिणामबाट आफु निश्चिन्त भएको बताएका छन् ।
उनले भने– मलाई पो परिणामले एक किसीमले मुक्ति दिएको छ, म निश्चिन्त छु ।
युरोपेली संसदका अध्यक्ष मार्टिन सुल्जले स्कटल्याण्डको जनमत सङ्ग्रहको परिणामपछि दिएको एक रेडियो वक्तव्यमा सो धारणा राखेका हुन् ।
म केही समयमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेट्नेछु र उालाई यो भन्नेछु कि मलाई संयुक्त अधिराज्य र एकीकृत युरोप मन पर्छ ।
उनले जर्मनको एक सार्वजनिक प्रशारणसँग कुराकानी गर्दै सो धारणा राख्नुभएको हो । स्कटल्याण्डको जनमत सङ्ग्रहको परिणामबारे के भन्छन् भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।
 |
Category:
News
0 comments