Hindi Films

सवारी दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

Unknown | 09:00 | 0 comments

१८ असोज, दैलेख । दैलेखमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको ग १ ख १९५६ नम्बरको गाडी शुक्रबार बिहान ११ बजे दैलेकको खड्कबाडा ७ मुसेखोलामा दुर्घटना हुँदा वीरेन्द्रनगर ११ का गगन नेपाली र गाडीका सहयोगी कुनाथरी ३ का १८ वर्षका भुवन नेपालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । भुवनको उपचारका क्रममा र गगनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । टायरमा हावा नभएपछी अनियन्त्रित भएको गाडी सडकबाट दुई सय मिटर तल खसेको थियो । घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Category:

0 comments